भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

साना–मझौला व्यवसायीलाई पुँजी जुटाउने बाटो खुल्यो


  • माघ ४, २०८१
  • 320 Views
साना–मझौला व्यवसायीलाई पुँजी जुटाउने बाटो खुल्यो image

काठमाडौं । थोरै पुँजी भएका कम्पनीलाई व्यवसाय विस्तारका लागि थप पुँजी जुटाउने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोनले) साना तथा मझौला संगठित संस्था (एसएमई) को धितोपत्र निष्कासन तथा कारोबार नियमावली बिहीबारबाट लागू गरेको हो।

अव साना–मझौला संगठित संस्था (एसएमई) पब्लिक कम्पनीले पनि सर्वसाधारणलाई सेयर जारी गर्न पाउनेछन्। तर, यस्ता खाले आईपीओमा १० कित्ता सेयरका लागि आवेदन दिन भने पाइने छैन। नियमावलीले यस्ता कम्पनीमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। एसएमई कम्पनीमा उच्च जोखिम हुने भएकाले न्यूनतम पाँच सय कित्ताको व्यवस्था गरिएको सेबोनका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन्। १० कित्ता सेयरमा आवेदन दिँदा कम्तीमा एक हजार रुपैयाँले पुग्थ्यो। पाँच सय कित्ताको लागि भने ५० हजार रुपैयाँ चाहिन्छ।

अझ कम्पनीले प्रिमियममा सेयर निष्कासन गर्न सक्ने स्थिति आएमा लगानीको भार झनै बढी हुन्छ। यसर्थ साना लगानीकर्ताका लागि भने यो व्यवस्था उपयुक्त नभएको सरोकारवाला बताउँछन्। सेयर बजारमा जोखिम मोल्न सक्नेलाई भने उपयुक्त प्लेटफर्म हो। ‘यसअघि साना र ठूला कम्पनीलाई एउटै व्यवस्था हँुदा व्यावहारिक रूपमा मिलेको थिएन।’

सेबोनका प्रवक्ता घिमिरे भन्छन्, ‘सामान्य पुँजी भएका कम्पनीलाई बजारमा प्रवेश गराउँदा उच्च जोखिम हुने भएकाले आई.पी.ओ आवेदन नै न्यूनतम पाँच सय कित्ता राखिएको हो। जोखिम लिनेहरूले मात्रै आवेदन दिन्छन्। साना लगानीकर्ताहरूलाई यस्तो जोखिम लिन नपरोस् भन्ने यसको उद्देश्य हो।’अन्नपूर्ण पोस्टबाट

 


Thali Mobile Pvt.Ltd.