भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संवैधानिक निकायमा ५२ जनाको नियुक्ति बदरको माग गर्दै दायर​​​​​​​ मुद्दाको अब ‘निरन्तर सुनुवाइ’


  • बैशाख ४, २०८२
  • 173 Views
संवैधानिक निकायमा ५२ जनाको नियुक्ति बदरको माग गर्दै दायर​​​​​​​ मुद्दाको अब ‘निरन्तर सुनुवाइ’ image

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा ५२ जनाको नियुक्ति बदरको माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइ आइतबारदेखि लगातार गर्ने भएको छ । अधिवक्ता ओम प्रकाश अर्याल लगायतले दायर गरेको रिट निवेदन माथिको सुनुवाइ लगातार गरेर छिटो टुंगो लगाउने निर्णय सर्वोच्चले गरेको हो ।

सामान्यतः संवैधानिक इजलास बुधबार मात्र बस्ने गरेको छ । तर, आइतबारदेखि निरन्तर सुनुवाइ गरेर छिट्टै टुंग्याउने जानकारी पाएको अर्का रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । यही निवेदनमाथिको सुनुवाइ यसअघि बुधबार मात्र पेसी तोक्ने गरिएको थियो । निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएकाले बुधबारदेखि सरकारी वकिलले पनि बहस सुरु गरेका छन् ।

२०७७ पुस १ गते दायर रिट निवेदनमाथिको सुनुवाइ धेरै नलम्ब्याउने उद्देश्यले आइतबारदेखि निरन्तर सुनुवाइ गर्न लागिएको जनाइएको छ । २०८० सालमा अग्राधिकार दिइएको यस मुद्दा पटक–पटक हेर्न नभ्याइने सूचीमा पर्दै आएको थियो ।

रिट दर्ता भएको चार वर्षपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा पेसी परेको छ  । अन्नपुर्णपाेष्टबाट..

 


Thali Mobile Pvt.Ltd.