भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्थानीय वायुको प्रभाव कायमै, आज पानी पर्ने संभावना के छ ?


  • बैशाख ३, २०८२
  • 274 Views
स्थानीय वायुको प्रभाव कायमै, आज पानी पर्ने संभावना के छ ? image

काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगलाको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।यसैगरी राती कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेशलगायत बागमती ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। विभागका अनुसार आज ताप्लेजुङ,जिरी,काठमाडौं,पोखरा,डडेलधुरालगायतका स्थानमा हल्का पानी पर्ने सम्भावना छ। धनगढीमा सबैभन्दा बढी तापक्रम (३७ डिग्रीसम्म) पुग्ने अनुमान गरिएको छ। सबैभन्दा कम तापक्रम आज राती जिरी र जोमसोममा (पाँच डिग्रीसम्म) पुग्ने देखिन्छ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.