भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु | अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द | मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित | भारी वर्षाको चेतावनी, २३ जिल्ला रेड अलर्टमा | मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार | सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अभियोग लागेकालाई सफाइ दिएपछि न्यायाधीश भट्टराई विवादित


  • असार २६, २०७९
  • 426 Views
अभियोग लागेकालाई सफाइ दिएपछि न्यायाधीश भट्टराई विवादित image

काठमाडौं । गोली चलाएर हत्या गरेको अभियोग लागेकालाई सफाइ दिएपछि धनुषा जिल्ला अदालतका न्यायाधीश डा. पर्शुराम भट्टराई विवादको घेरामा परेका छन् । ६ कात्तिक २०७६ मा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या भएको अभियोगमा पक्राउ परेका ‘पंकज’ भनिने दामोदर चौधरीलाई न्यायाधीश भट्टराईको एकल इजलासले सफाइ दिएपछि उच्च अदालत जनकपुर बार एसोसिएसनले फैसलालाई ‘विवादास्पद’ भनेको छ ।

प्रहरी अनुसन्धानमा चौधरीले आफूले हत्या गरेको स्वीकार गरेको रिपोर्ट सार्वजनिक भएको थियो । तर, अदालतमा भने चौधरीले ‘इन्कारी बयान’ दिएका थिए ।

मनोज शाह हत्या प्रकरण

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा अभियुक्त चौधरीलाई आजीवन कैद सजाय माग दाबी गरेको थियो । तर, न्यायाधीश डा। भट्टराईको एकल इजलासले ‘प्रमाणको आधार र कारण नपुग्ने’ भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।

अभियोग लागेकाले अदालतमा ‘इन्कारी बयान’ दिएको र ‘मृतक आफैंले पेस्तोल बोकेर आफूलाई मार्न आएको’ बयान चौधरीले दिएका छन् । सोही बयान आधार मान्दै न्यायाधीश भट्टराईले चौधरीलाई सफाइ दिएको जनाएका छन् । यद्यपि, फैसलाको पूर्णपाठ नआइसकेकाले चौधरीले ‘केकसरी सफाइ पाए रु’ भन्ने खुलेको छैन ।

गोली काण्डमा मुछिएकालाई सफाइ दिएपछि नेपाल बार एसोसिएसन उच्च अदालत जनकपुरले न्यायाधीश भट्टराईलाई कारबाही माग गर्दै ‘यसअघि भएका विवादास्पद फैसला संकलन गरेर न्यायपरिषद् सचिवालयमा पठाउने’ निर्णय गरेको छ ।

उच्च अदालत जनकपुर बार एसोसिएसन सचिव नवलकुमार मण्डलका अनुसार कार्यसमिति बैठक बसेर विवादास्पद फैसला अध्ययनका लागि न्यायपरिषद् पठाउने निर्णय गरिएको छ ।

‘प्रहरीको अनुसन्धान प्रतिवेदन र सरकारी वकिलले सोही अनुसन्धानको आधारमा आजीवन कारावास हुनुपर्ने माग राखेकोमा न्यायाधीश भट्टराईले सफाइ दिने फैसला गर्नुभएको छ,’ मण्डलले भने, ‘जघन्य अपराधमा अभियुक्तले उन्मुक्ति पाएपछि हामीले न्यायाधीशको यसअघिको विवादित फैसला संकलन गरेर न्यायपरिषद् पठाउने निर्णय गरेको छौं । विवादित फैसला न्यायपरिषद्ले निष्पक्ष छानबिन गर्नुपर्छ ।’

अभियुक्त चौधरीलाई प्रहरीले दुई थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । १ मंसिर २०७६ मा दर्ता मुद्दामा न्यायाधीश भट्टराईले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका हुन् ।

जनकपुर बारको आपत्ति

मुद्दा फैसला विवादमा मुछिएपछि न्यायाधीश भट्टराईले ‘कुनै वकिलले मेरो नाममा पैसा बुझे होलान्’ भन्ने अभिव्यक्तिका कारण उच्च अदालत जनकपुर बारले आपत्ति जनाएको छ । बारका पूर्वसचिव विपिनकुमार झाले न्यायाधीश आफूले गरेको फैसलामा ‘आर्थिक अपचलन विषय वकिलले पैसा लिए होलान्’ भनेर भन्नु आपत्तिजनक भएको टिप्पणी गरे । ‘विवादित फैसलापछि आर्थिक अपचलनको कुरा उठेकाले को वकिलले पैसा खाएको हो रु न्यायाधीशले स्पष्ट भन्नुपर्छ,’ झाले भने, ‘आफूले गरेको फैसला विवादमा पर्दा वकिललाई दोष लगाउनु आपत्तिजनक छ ।’

विवादित फैसला विषयमा न्यायाधीशले ‘वकिललाई पैसा खाएको हुनसक्ने’ आरोप लगाएपछि बार एसोसिएसनले सोमबार बैठक बसेर न्यायाधीश भट्टराईको इजलास सोमबारदेखि बहिष्कार गर्ने विषयमा थप छलफल गरेर निर्णय लिने उच्च अदालत जनकपुर बार सचिव नवलकुमार मण्डल बताउँछन् ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.