भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आज नवरात्राको सातौँ दिन, सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै


  • आश्विन २६, २०७८
  • 447 Views
आज नवरात्राको सातौँ दिन, सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै image

काठमाडौं । मंगलबार नवरात्रको सातौँ दिन नेपाली सेनाले परम्परागत रुपमा टुँडिखेलमा फूलपातीको बढाइँ गर्दैछ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सांकेतिक रुपमा मात्र मनाइएको फूलपाती यस वर्ष परम्परागत रुपमै मनाउन लागिएको बताइएको छ । यद्यपि कोरोना महामारीको जोखिम कायमै रहेकाले समारोह छोटो र छरितो गरिने बताइएको छ ।

फूलपाती गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारमा ल्याएर भित्र्याउने चलन छ । त्यस्तै दसैंमा टीका लगाउने सर्वसाधारणले फूलपातीका दिन घरमा शुभ साइत पारेर जमरा राख्ने चलन रहेको छ । नवरात्रका दिन नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिन्छ । हिन्दू परम्पराअनुसार नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौं दिन नवदुर्गाको सातौं रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ।

धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ। चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ।

महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा गरिन्छ। यस्तै भद्रकालीको आराधना पनि गरिन्छ। विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा समेत गर्ने चलन रहेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.