भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


  • जेष्ठ ८, २०७९
  • 342 Views
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी image

इटहरी । इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेल ३३,०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २८,०३१ मत प्राप्त गरे ।

नगरसभापति समेत रहेका पौडेल यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । लामो समयदेखि नेकपा एमालेले राज गर्दै आएको इटहरीको मेयरमा निर्वाचित भएपछि उनले अब विकास निर्माणमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरी विजयी भएकी छन् । चौधरीले ३२,४२५ मत प्राप्त गरिन् । यस्तै, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८,०३१ मत प्राप्त गरे ।

राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.