भर्खरै : Sorry, your browser does not support inline SVG.
मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ई–चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर


  • फाल्गुन १४, २०७७
  • 844 Views
ई–चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर image

काठमाडौँ । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।

युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ । विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले फोक्सोमा समस्या उत्पन्न हुने छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्कीले बताउनुभयो । पछिल्ला केही अध्ययनले ई–चुरोटको सेवनकै कारण पनि किशोरकिशोरीको मृत्यु हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

डा. कार्कीले भन्नुभयो, “यो विभिन्न रासायनिक वस्तुको मिश्रणले बनेका कारण फोक्सोमा विभिन्न समस्या आउनुका साथै ज्यानै जानेसमेत रहन्छ ।” सुर्तीजन्य वस्तुको सेवनले जीवन नाश गर्नु नै हो त्यसमा पनि भेपिङ अथवा ई–चुरोटको प्रयोग नगर्न सुझाव दिँदै उहाँले ई–चुरोटमा निकोटिनको मात्रा बढी हुने भएकाले अरू चुरोटमा हुने हानिकारक तत्व जत्तिकै यसले स्वास्थ्यमा असर गर्ने जानकारी दिनुभयो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले कुनै पनि सुर्तीजन्य वस्तुहरूले मुटुमा असर गर्ने स्पष्ट गर्दै ई–चुरोट पिउनेहरूमा हृदयाघातको सम्भावना ५६ प्रतिशत बढी रहने जानकारी दिनुभयो । उहाँले लामो समयसम्म विद्युतीय चुरोट पिउनेहरूमा रगतसँग सम्बन्धित समस्या देखिनुका साथै चुरोटमा निकोटिनको मात्रा बढी हुँदा यसले रक्तचापमा गडबढ गर्ने बताउनुभयो ।

सामान्य चुरोट छोड्नका लागि भेप प्रयोग पनि गर्ने गर्छन् तर भेप प्रयोग गर्नु भनेको गलत बुझाइ हो भन्दै डा. कोइरालाले भन्नुभयो, “यो विभिन्न रासायनिक तìवको मिश्रणबाट बन्ने भएकाले यो पनि उत्तिकै हानिकारक छ । परम्परागत चुरोट र ई–चुरोट पिउँदा स्वास्थ्यलाई उस्तै हानि हुने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार ई–चुरोटमा पनि अरू चुरोटमा हुने विषाक्त रसायनजत्तिकै रसायन हुने गर्छ । यसले फोक्सोका कोषलाई नष्ट गर्छ । संयुक्त राज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाएको छ । परम्परागत चुरोटमा पाइने सात हजार किसिमका रसायन ई–चुरोटमा नहुने भए पनि केही तत्व निकै हानिकारक पाइएका छन् ।

यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.