DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उखुको समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी


  • मंसिर १६, २०७७
  • 645 Views
उखुको समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी image

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल ६५ रुपैयाँ २८ पैसासहित जोडेर प्रतिक्विन्टल समर्थन मूल्य ५४४ रुपैयाँ तोकेर मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायलाई सिफारिस गर्ने तयारी गरेको हो । गत वर्षको तुलनामा कृषि मन्त्रालयले यस वर्ष प्रतिक्विन्टल ८ रुपैयाँ बढाएर सिफारिस गर्ने तयारी गरेको छ ।

गतवर्ष सरकारले उखुको नगद अनुदानसहित प्रतिक्न्विटल समर्थन मूल्य ५३६ निर्धारण गरेको थियो । किसानको लागत खर्च र ढुवानी जोडेर गत वर्षभन्दा समर्थन मूल्य ८ रुपैयाँ बढाई सिफारिस गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नगद अनुदानसहित उखुको समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

उनले भने, ‘कृषि मन्त्रालयले प्रतिक्विन्टल ५४४ रुपैयाँ उखुको समर्थन मूल्यका लागि सिफारिस गर्ने तयारी गरेको छ । उखु किसानको लागत मूल्यमा र ढुवानी २० प्रतिशतभन्दा बढी मूल्य बढेको छ । प्रतिक्विन्टल ५४४ रुपैयाँ मात्र हुने हो भने अब उखु किसानले उखु खेती नै गर्न छोड्ने छन् ।

सरकारले उखु किसानलाई उखु खेतीलाई नै निरन्तरताका लागि प्रोत्साहित गर्ने हो भने प्रतिक्विन्टल ६२० रुपैयाँ उखुको मूल्य निर्धारण गर्नुपर्ने उनले बताए । उनले भने, ‘सरकारले कृषि मन्त्रालयले सिफारिस गरेको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ नै स्वीकृत गरेपछि आन्दोलनका लागि सबै स्थानीय तहका नगरपालिकामा पत्राचार गरी उखु खेती नै नगर्ने गरी हामीले आन्दोलन तयारी गरेका छौं ।

‘सरकारले नै उखु किसानलाई बेवस्ता गर्दै आएका कारण बर्सेनि २० प्रतिशतले किसान उखु खेतीबाट पलायन हँुदै गएका छन् । बर्सेनि उखुको उत्पादन पनि घट्दै गएको छ । अध्यक्ष मैनालीले भने, ‘दुई÷तीन वर्षअघि उखुको उत्पादन २ करोड ७६ लाख क्विन्टल उत्पादन हुन्थ्यो । अहिले उखुको उत्पादन आधाभन्दा बढी घटेको छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.