भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उच्च अदालत जनकपुरमा कानुन व्यवसायीको विरोध प्रदर्शन


  • मंसिर ९, २०७८
  • 495 Views

जनकपुरधाम । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले उच्च अदालत जनकपुरमा धर्ना दिए । उनीहरुले उच्च अदालत जनकपुरको मूल गेटमा बिहान १० बजे ४ बजेसम्म धर्नासहित विरोधसभा गरेका हुन् । नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाईमा कानुन व्यवसायीहरु विगत तीन दिनदेखि उच्च अदालतको मूल ढोका अवरुद्ध गर्दै धर्नामा बस्दै आएका हुन् । जनताको आस्था रहेको स्वतन्त्र न्यायपालिकाप्रति प्रधानन्यायाधीशका कारण धुमलिएको र न्यायालयले विश्वास गुमाउँदै गएको भन्दै नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘प्रधानन्यायाधीश संविधान र कानुनभन्दा माथि छैनन, प्रधानन्यायाधीशले संवैधानिक निकाय र मन्त्रीमा भागवण्डा गर्न पाउँदैन, प्रधानन्यायाधीश पदमा बस्न लायक नै छैन् त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्दछ ।’ उनले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागू गर्नुपर्ने आफूहरुको एक सुत्रीय माग पूरा नहुञ्जेलसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता गर्दै धर्नामा बस्ने जानकारी दिए । प्रधानन्यायाधीशले आफ्नो स्वार्थपूर्तिका लागि स्वतन्त्र निकाय न्यायापालिकालाई कार्यपालिका र व्यवस्थापिकासँग सम्झौता गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले आरोप लगाए । प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बार एसोसिएसनले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.