भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उच्च पहाडी र हिमाली भेगमा हिमपात


  • फाल्गुन १४, २०७९
  • 284 Views
उच्च पहाडी र हिमाली भेगमा हिमपात image

काठमाडौं । देशका विभिन्न क्षेत्रको उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात भएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपात भएको छ । यता सोलुको पत्तालेमा बाक्लो हिमपात भएको त्यहाँबाट राम बहादुर मगरले कैलाश खबरलाई बताए ।

पश्चिमी वायुको सामान्य प्रभाव र आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । प्रदेश नं. १ का थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका केही स्थानमा मेघ गर्जनसहित हिमपातको सम्भावना रहेको छ।देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.