भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उपत्यकामा निषेधाज्ञा : नटेरे ठाउँको ठाउँ कारबाही


  • बैशाख १६, २०७८
  • 820 Views
उपत्यकामा निषेधाज्ञा : नटेरे ठाउँको ठाउँ कारबाही image

काठमाडौँ । कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ। निषेधाज्ञा नमान्नेलाई सडककै एक घण्टा उभ्याएर छाड्ने तयारी गरिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले निषेधाज्ञा लागु गराउन उपत्यकामा करिब २ हजार प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार प्रहरीले बिनाकाम बाहिर निस्कनेलाई कारबाही गर्नेछ। उनले भने, ‘बिरामी र अप्ठेरोमा परेकाहरूलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइन्छ तर बिनाकाम बाहिर निस्कन दिइँदैन।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियमको आधारमा प्रहरीले कडाइ गर्नेछ। अत्यावश्यक र तोकिएका सवारीसाधन भने गुड्न पाउनेछन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा अटेर गर्नेलाई प्रहरीले ठाउँको ठाउँ कारबाही गर्ने जानकारी दिए। उनले संक्रमणको अवस्था गम्भीर बन्न थालेपछि निषेधाज्ञा जारी गरिएकाले यसको पालना सबैले गर्नुपर्ने बताए। ‘आज बिहीबार देखि काठमाडौंमा अत्यावश्यकबाहेकका सबै गतिविधि र कार्यालय बन्द हुनेछन्,’ उनले भने, ‘नियम उल्लंघन गर्नेमाथि प्रहरीले कारबाही गर्नेछ।’ उनले सबैको स्वास्थ्य सुरक्षाका लागि प्रशासनले लकडाउन लागु गरेको बताउँदै थपे, ‘नियम पालना गर्न सके संक्रमण पनि छिटो नियन्त्रणमा आउँछ।’

जिल्ला प्रशासनले बिहीबारदेखि सभासम्मेलन आयोजना र मनोरञ्जन क्षेत्र सञ्चालन गर्न नपाइने नियम लागु गरेको छ। त्यस्तै विवाह व्रतबन्ध वा धार्मिक कार्यक्रमको हकमा १५ जनासम्म मात्रै सरिक हुन पाउनेछन्। अत्यावश्यकबाहेकका सार्वजनिक र निजी सवारीसाधन २२ गतेसम्म बन्द रहनेछन्। एम्बुलेन्स, खाद्यान्न, तरकारी, खानेपानी, दूध, औषधि, फलफूल, फोहोरमैला, इन्टरनेट, वित्तीय संस्था, दूरसञ्चार, क्वारेन्टिन, आइसोलेसनसँग सम्बन्धित तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई रोक लगाइएको छैन। स्वास्थ्यकर्मी, प्रहरी र फ्रन्टलाइनमा खटिनेहरूले ओहोरदोहोर गर्न पाउनेछन्। औषधि, स्वास्थ्य उपकरणका पसल खुला रहनेछन्। यसबाहेक खाद्यान्न पसलहरू बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। डिपार्टमेन्टल स्टोरहरूको ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्नेलगायतका नियम जारी गरिएको छ। नागरिक दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.