DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एकता संकट, पार्टी फुटाउने ओलीको तयारी


  • कार्तिक १७, २०७७
  • 621 Views
एकता संकट, पार्टी फुटाउने ओलीको तयारी image

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि एकता संकटमा परेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाललाई सल्लाहमै अलग हुने प्रस्ताव गरेपछि पार्टी एकता संकटमा परेको हो।

दुई अध्यक्षबीच भएको शनिवारको छलफलमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णयले आफूलाई सरकार सञ्चालन र दाहाललाई पार्टी सञ्चालनको जिम्मेवारी दिएको उल्लेख गर्दै भने, ‘सरकार सञ्चालन गर्न मलाई कस्ता मानिस आवश्यक पर्छ त्यो मैले जान्ने कुरा भयो। तपाईं जता पनि भागवण्डा खोज्नु हुन्छ यस्तै हो भने अब अलग अलग नै बसौं।’ स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूखुसी गरेको भन्दै नेकपा शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए।

कात्तिक ३ देखि दुई अध्यक्षबीच भेटघाट नभएको र संवाद पनि नभएको अवस्थामा शनिवार दुई अध्यक्षबीच भेटघाट हुँदा प्रधानमन्त्री ओलीले भागवण्डा खोजेको भन्दै पार्टीबाट अलग हुँदा नै राम्रो हुने धम्की दिएका थिए। कार्यकारी अध्यक्ष दाहालले पनि आइतबार दिउँसो शीर्ष नेताहरुलाई ओलीले पार्टीबाट अलग हुनुस् भनेको भन्दै ब्रिफ्रिङ गरेका थिए। दाहालले ओलीसँग भएको भेटघाटबारे शीर्ष नेताहरुलाई खुमलटारमा बोलाएरै आइतबार उक्त बैठकबारे जानकारी गराएका थिए।

‘ओलीजी अब सँगै बस्न सकिंदैन अलग अलग बसौं भन्नुभयो, मैले पार्टीको सचिवालय बैठक बसौ समस्याबारे त्यही छलफल गरौं भनेको थिँए उहाँले अब सधैं सँगै बस्ने अवस्था देखिएन भन्नुभयो’, खुमलटार निकट स्रोतले भन्यो। ‘मुलुकमा संकट छ, म सरकारको काममा केन्द्रित हुनपर्ने मान्छे तपाईलाई मनाउन लाग्दा लाग्दै समय बित्यो, सधैं तपाईंको कुण्ठा सुन्दासुन्दै सरकारको काम समेत प्रभावित बनेको छ, तपाईं सरकारलाई असहयोग गर्नु हुन्छ, असन्तुष्टि मात्रै पोख्नु हुन्छ, पार्टीमा मैले तपाई दिनुपर्ने भन्दा बढी नै स्पेश दिएको छु सरकारमा पनि राम्रै स्थान दिएको छु यस्तो अवस्थामा तपाईलाई मात्रै मिलाउने काम हुन थाल्यो ।

सरकारको काम नै तपाईंलाई मिलाउने, तपाईंका कुण्ठा सुन्ने मात्रै हुन थाल्यो यस्तो सधैं भैरहे बरु सल्लाहमै अलग अलग बसौ आफ्नो आफ्नो तरीकाले काम हुन्छ’, ओलीलाई उद्यृत गर्दै स्रोतले भन्यो। कार्यकारी अध्यक्ष दाहालले पनि आइतबार दिउँसो शीर्ष नेताहरुलाई ओलीले पार्टीबाट अलग हुनुस् भनेको भन्दै ब्रिफ्रिङ गरेका थिए। दाहालले ओलीसँग भएको भेटघाटबारे शीर्ष नेताहरुलाई खुमलटारमा बोलाएरै आइतबार उक्त बैठकबारे जानकारी गराएका थिए। ‘ओलीजी अब सँगै बस्न सकिंदैन अलग अलग बसौं भन्नुभयो, मैले पार्टीको सचिवालय बैठक बसौ समस्याबारे त्यही छलफल गरौं भनेको थिँए उहाँले अब सधैं सँगै बस्ने अवस्था देखिएन भन्नुभयो’, खुमलटार निकट स्रोतले भन्यो। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.