भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद


  • पुष ७, २०७७
  • 795 Views
ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद image

काठमाडौं । सत्तारुढ दल नेकपासहित तीन दलले सरकारविरुद्ध संयुक्त प्रतिवादका कार्यक्रम ल्याउने निर्णय गरेका छन्। सानेपामा सोमबार बसेको नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले सरकारविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। तीन वटै दलले सरकारको कदमबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाएका छन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सबै दल एक भएर प्रतिवाद गर्ने निर्णय भएको बताए। ‘संसद् विघटन गर्ने सरकारको कदम संविधानको मर्म र भावनाविपरीत भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको अलोकतान्त्रिक र असंसदीय कदमविरुद्ध साझा कार्यक्रम तय गरेर अगाडि बढ्ने सहमति भएको छ।’

कांग्रेस नेता रमेश लेखकले तीन वटै दलको केन्द्रीय समिति बैठकपछि सर्वदलीय बैठक बसेर सरकारविरुद्ध संघर्षका कार्यक्रम ल्याउने समझदारी भएको जानकारी दिए।तीन दलको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

त्यस्तै, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल थिए भने जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जितेन्द्र सोनालको उपस्थिति थियो। यसैबीच, सरकारको कदमको विरोधमा जसपाले बुधबार देशभर विरोध गर्ने निर्णय गरेको छ। त्यसैगरी राजनीतिक विषयमा मौन रहँदै आएका पूर्वराष्ट्रपति डा। रामवरण यादवले राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। अन्नपूर्णपोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.