भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कस्तो छ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी


  • आश्विन २१, २०७७
  • 420 Views
कस्तो छ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी image

दाङ — देउखुरी दाङको एउटा छुट्टै उपत्यका हो । पहिले दाङ र देउखुरी जोडेर जिल्लाको नाम लिने गरिन्थ्यो । अहिले पनि जिल्ला अदालतको नाम दाङ देउखुरी जिल्ला अदालत छ । देउखुरीवासीले घोराही, तुलसीपुर क्षेत्रलाई दाङ उपत्यका भनेर चिन्छन् । घोराही जाँदा दाङ जाने भन्ने चलन छ । देउखुरी उपत्यकामा लमही नगरपालिकाका साथै राजपुर, गढवा र राप्ती गाउँपालिका पर्छन् । अहिले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएको देउखुरी उपत्यका राप्ती नदीको दुवैतिर फैलिएको छ ।

राप्ती नदीले चर्चेको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका साथै अर्घाखाँचीको शीतगंगा नगर क्षेत्रमा राजधानी भनिएकाले भालुबाङ क्षेत्रलाई केन्द्र मानेर स्थापना हुने आकलन गरिएको छ । भालुबाङको अधिकांश क्षेत्र राष्ट्रिय वनको जग्गामा विस्तार भएको बजार हो । अहिले पनि यहाँका बासिन्दाले नगर विकास समितिलाई कर तिरेका आधारमा आफ्नो सम्पत्तिको उपभोग गरिरहेका छन् । जग्गा धनीपुर्जाका लागि पटकपटक प्रयास गरे पनि भालुबाङ बजार व्यक्तिका नाममा दर्ता हुन सकेको छैन । देउखुरी उपत्यका र भालुबाङ क्षेत्र रुकुम, रोल्पाबाट नुन बोक्दा पैदल हिँड्ने गरेको क्षेत्र हो ।

देउखुरी उपत्यका हुँदै कोइलाबास, कपिलवस्तु र बुटवल जाने गरिन्थ्यो । पूर्वपश्चिम राजमार्ग निर्माण भएपछि भालुबाङ बजारका रूपमा स्थापित भएको हो । अधिकांश राजमार्ग निर्माणका क्रममा काम गर्न आएका विभिन्न ठाउँका मजदुर भालुबाङ क्षेत्रमा बसोबास गरेका थिए । राप्ती नदीले ओगटेको क्षेत्र प्रशस्त भएकाले नदी तटबन्धन गरी पर्याप्त जग्गा निकाल्न सक्ने सम्भावना देखिन्छ ।

उखुरीबाट दाङ र कपिलवस्तुका भारतीय सीमा क्षेत्र नजिक पर्छन् । यसले राजधानीलाई व्यावसायिक रूपमा पनि छिमेकसँग जोड्न सघाउने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । दाङ, कपिलवस्तु, अर्घाखाँची, पूर्वी रुकुम, रोल्पा र प्यूठान क्षेत्रको मिलनबिन्दु भएकाले देउखुरी सबैको केन्द्र परेको उनको भनाइ छ । कान्तिपुर दैनिकबाट …….

 


Thali Mobile Pvt.Ltd.