भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोनाकहरमा ९३ अर्बको रेमिटेन्स भित्रियो


  • आश्विन १०, २०७७
  • 357 Views
कोरोनाकहरमा ९३ अर्बको रेमिटेन्स भित्रियो image

कोरोना महामारीले वैदेशिक रोजगारी ठप्प भए पनि रेमिटेन्स भने वृद्धि भइरहेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै बढी रेमिटेन्स एक खर्ब एक अर्ब रूपैयाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा पनि अघिल्लो साउनमा भन्दा बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा ९२ अर्ब ७१ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ ।

गत वर्षको तुलनामा चालु वर्षको साउनमा भित्रिएको रेमिटेन्स २३ प्रतिशतले बढी हो । विगतका वर्षको तथ्यांक हेर्ने हो भने साउन, भदौमा रेमिटेन्स तुलनात्मक रूपमा कम आएको देखिन्छ । कोरोना कहरकै बीचमा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिटेन्स अघिल्लो साउनमा भन्दा बढी भित्रिएकाले आगामी दिनमा पनि खासै घट्दैन कि भन्ने अनुमान गर्न थालिएको छ । कोरोना महामारीले वैदेशिक रोजगारीमा रहेका युवा समस्यामा परेको समाचार आइरहेका छन् ।

कोरोनाकै कारण फागुन २७ यता सरकारले पहिलोपटक वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । दुई महिनाअघि पुनः श्रम स्वीकृति दिन थाले पनि साउनमा भित्रिएको रेमिटेन्समा नयाँ श्रम स्वीकृति पाएकाको योगदान छैन । पुनः श्रम स्वीकृति दिन थालेयता करिब चार हजारजना वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीका कारण यतिखेर धेरै नेपालीले काम गर्ने खाडी मुलुक र मलेसिया प्रभावित छन् । मन्त्रालयका अनुसार कोरोनाका कारण रोजगारी गुमाएपछि शुक्रबारसम्म विभिन्न मुलुकबाट ५७ हजार दुई सय ९७ घर फर्केका छन् । एक लाख ३६ हजार एक सय ५० जनाले घर फर्कन निवेदन दिएको मन्त्रालयले जनाएको छ । कोरोनाले थुपै्रै मुलुक प्रभावित भएपछि विश्व बैंकलगायत नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा गत आवमा १५ प्रतिशतसम्म रेमिटेन्समा गिरावट आउने प्रक्षेपण गरेका थिए । गत आथिक वर्षको साउनमा भित्रिएको रेमिटेन्सको तुलनामा यो २३ प्रतिशतले बढी हो ।

तर गत वर्षको अन्तिम र चालु आर्थिक वर्षको पहिलो महिनामा अहिलेसम्मकै बढी रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षसम्म मासिक सरदर ७० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिने गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट असार र साउनमा रेमिटेन्स वृद्धि हुनुमा चार कारण देख्छन् । ‘रेमिटेन्स स्रोत मुलुकमा कोरोना प्रभाव घट्दै जानु, पछिल्लो समयमा रेमिटेन्स बैंकिङ च्यालनबाट आउन थाल्नु, विदेशबाट घर फर्कनेले जम्मा गरेको बचत एकैचोटि ल्याउनु र चैत–वैशाखमा आउन नसकेको रेमिटेन्स अहिले आउनुले बढेको हो,’ उनले भने । नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.