भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोशी, बागमती र गण्डकीका हिमाली भू–भागमा हल्का हिमपात हुने


  • कार्तिक ३०, २०८०
  • 356 Views
कोशी, बागमती र गण्डकीका हिमाली भू–भागमा हल्का हिमपात हुने image

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
शनिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।अन्नपूर्ण पोष्ट दैनिकबाट 

 


Thali Mobile Pvt.Ltd.