भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने


  • फाल्गुन १९, २०७७
  • 750 Views
क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने image

काठमाण्डाैं । बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो । पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक तथा भुक्तानी सेवा प्रदायकले क्युआर कोड लिने संघसंस्थासँग भने शुल्क लिन पाइने व्यवस्था गरिएको छ ।

मोबाइलमार्फत् क्युआर कोड स्क्यान गरी सिधै खातामा रकम भुक्तानी गर्न सकिने सेवा पछिल्लो समय लोकप्रिय भइरहेको छ । सपिङ मल, रेष्टुरेन्ट, होटलदेखि सामान्य पसलमा समेत यसको प्रयोग भइरहेको छ ।  बैंकहरुले तरकारी बजार, यातायातका साधन, साइकलमा फलफूल तथा तरकारी खरिदका साथै मन्दिरमा भेटी चढाउन समेत क्युआर कोड प्रयोग गर्न सकिने गरी प्रवद्र्धन गरिरहेका छन् । बैंकहरुका यस्ता कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी आफैं उपस्थित भएर क्युआर कोड सेवाको प्रवद्र्धन गरिरहेका छन् ।

मापदण्डअनुसार क्युआर कोड बैंक तथा फाइनान्स कम्पनी, भुक्तानी प्रदायक संस्था वा भुक्तानी प्रदायक सञ्चालक संस्थाले मात्र राष्ट्र बैंकको अनुमति लिएर जारी गर्न सक्नेछन् । यस्तै क्युआर कोड जारी गर्ने संस्थाले सेवा प्रवाहमा समस्या नहुने गरी पूर्वाधारको व्यवस्था गर्नुपर्छ ।
यसैगरी मापदण्डमा क्युआर कोडको लोगो, अन्तर आवद्धता र ब्रान्डिङको व्यवस्थाका बारेमा पनि व्यवस्था गरेको छ । राष्ट्र बैंकले हालै बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकबाट हालसम्म २९ वटा भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकका साथै २७ वाणिज्य बैंक, १९ वटा विकास बैंक र २१ वटा वित्तीय संस्थाले गरी क्युआर कोड सञ्चालनका लागि ९६ संस्थाले अनुमति लिएका छन् । यसैगरी भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी बचत तथा ऋण सहकारीहरुले पनि यो सेवा सञ्चालन गरिरहेका छन् ।

कोरोना महामारीयता राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारमा प्रोत्साहन गर्दै लगेपछि कारोबार पनि बढ्दै गएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

६ महिनाअघिसम्म क्युआर कोडमार्फत् मासिक रुपमा २ लाख पटक हाराहारीमा कारोबार हुने गरेकोमा हाल मासिक ४ लाख कारोबार हुने गरेको छ । यसैगरी ५८ करोड कारोबार हुने गरेकोमा हाल एक अर्ब २४ करोड कारोबार क्युआर कोडमार्फत् हुन थालेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.