भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गुल्मी अस्पतालमा करोडौँको स्वास्थ्य उपकरण स्टोरमै


  • जेष्ठ २५, २०८०
  • 270 Views
गुल्मी अस्पतालमा करोडौँको स्वास्थ्य उपकरण स्टोरमै image

तम्घास । गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन । स्वास्थ्य उपकरणमा खिया आउन थालेको छ तर सेवाग्राही भने निजी अस्पतालहरूमा महँगो मूल्य तिरेर उपचार गर्न बाध्य छन् । जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात् ल्याबको प्रयोग नआएको स्वीकार गर्नुभयो । पछिल्लो समयमा पिसीआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल ,सहज र कम खर्चिलोमा हुने भएको ल्याबको उपयोग नभएको उहाँले बताउनुभयो । आइसियु सञ्चालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको सञ्चालन हुन नसकेको पाण्डेको भनाई छ ।

गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको हो । तर, अहिले १७ जना मात्र स्थायी दरबन्दी र फाजिलका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टर एक जना मात्रै छन् । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.