भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘चाडपर्वले राष्ट्रिय एकता थप सुदृढ’


  • माघ १, २०७९
  • 285 Views
‘चाडपर्वले राष्ट्रिय एकता थप सुदृढ’ image

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक र विविधतायुक्त नेपाली समाजमा चाडपर्वले नेपाली–नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्‍वास व्यक्त गर्नुभएको छ ।माघेसङ्क्रान्ति(माघी पर्वका अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस पर्वबाट प्रकृति र संस्कृति संरक्षणका साथै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विशिष्ट तथा मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै यहाँको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महìवपूर्ण योगदान पु(याएको उहाँको धारणा छ । “माघेसङ्क्रान्ति(मकर सङ्क्रान्ति पर्वलाई मद्रलद्रकका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्छन् । थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्छन्,” सन्देशमा उल्लेख छ ।

यस दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मठमन्दिरमा पूजा–अर्चना गरेपश्‍चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाई रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.