DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चुनाव जित्ने भनेर लागेको छुु


  • बैशाख २५, २०७९
  • 603 Views
चुनाव जित्ने भनेर लागेको छुु image

चितवन । भरतपुरमा कांग्रेस समर्थकको ठूलो बाहुल्य छ। हामीले २०७४ मा बिनासर्त विरोधकाबीच पनि सहयोग गर्‍यौं। अल्पमतलाई पटक–पटक नेता मानेर हिँड्दा हाम्रो भविष्य के हुन्छ रु केन्द्रीय नेतृत्वलाई जानकारी गराउँदा पनि अस्विकार गरेर माओवादी केन्द्रका मान्छेलाई उम्मेदवार बनायो। हिजो सभापतिलाई भनेको कुराबाट पछि हट्न नैतिक रूपमा त्यो कुराबाट बिमुख हुन कसरी मिल्छ। त्यसपछि छलफल र परामर्श गरी उम्मेदवारी दिएको हुँ। केही साथीहरू खुट्टा कमाएर दायाँबायाँ लाग्नुभयो।

केन्द्रको दबाबमा हाम्रो राजनीतिक भविष्य हुँदैन। भोलिको पुस्ताले कांग्रेस भन्ने बिर्सने, निराश हुन्छ भनेर सबैसँग छलफल गरेर उम्मेदवारी दिएको हुँ। यो फिर्ता लिन होइन चुनाव जित्ने पनि हो भनेर लागेको छु। मनोनयन गर्दा समर्थनको दायरा फराकिलो हुँदै गएको छ। अन्यथा भएन भने जेठको पहिलो हप्ता मलाई मेयरका रूपमा सन्न सक्नुहुनेछ।

तपाईंको जितको आधार के हो ?
जित्ने आधार मेरो पृष्ठभूमि हो। इमानदारीसाथ काम गरेको मान्छे हुँ। निरन्तर निष्ठापूर्वक राजनीति गरेको मान्छे हुँ। मैले उपमेयर भएर काम गरेको छु। पूर्वसांसद पनि हुँ। अनुभवको आधारले योग्य मै हुँ। पार्टी पद्धतिमा पार्टीले गरेकै निर्णय मान्नुपर्ने हैन र ?
पार्टीले विधानभन्दा बाहिर गएर निर्णय गर्ने होइन। कांग्रेसका कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल भनेर निर्णय गराउने अधिकार छैन। आफूलाई प्रजातन्त्रवादी पनि भन्ने अनि आफैंले बनाएको नियम नमान्ने भन्ने हुँदैन।

स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्ने भनेको छ। यहाँ त स्थानीय अवस्था कांग्रेसको पक्षमा छ। आफूले गरेको निर्णयमा पनि जाने अनि कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल भन्न मिल्छ रु मेरो चुनौती छ। हामी गलत बाटोमा छैनौं। गलत निर्णयको बचाउ गर्नुपर्छ भन्ने छैन। गलतलाई गलत नै भन्न सक्नुपर्छ। तब न कांग्रेस भइन्छ नि । गृहमन्त्री र राज्यमन्त्री आउनुभयो। आश्वासन दिएको कुरा बाहिर आयो। खासमा कुरा के भयो ?

उहाँहरूले मेरो उम्मेदवारी हार्दिकतापूर्वक फिर्ता लिन आग्रह गर्नुभयो। तपाईंले उम्मेदवारी झिके कांग्रेसले जित्छ भन्नुभयो। मजस्तो इच्छा राख्ने हजारौं छन्। तपाईंको गठबन्धनको निर्णय सुरक्षित राख्नुस् तर म जस्तो मान्छेलाई फिर्ता लिन नभन्नुस् भनें। कांग्रेसका नेता कार्यकर्ता पार्टीको झन्डा बोकेर रेनु दाहालको पक्षमा हिँडेका छन्। तपाईंले कसको मतले जितिन्छ भन्ने अपेक्षा राख्नुभएको छ ?
मत सम्हाल्नै नसक्ने अवस्था आएको छ। मैले माओवादीको मत खान्छु। कांग्रेसकै मत खान्छु। मतको अभाव होइन कि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने छ।

व्यवस्थापन भन्नाले तपाईंले के भन्न खोज्नुभएको हो ?
चुनाव खर्चिलो छ। अरू उम्मेदवारलाई पार्टीले सहयोग गर्ला। तपाईंले कसरी व्यवस्थापन गर्नुभएको छ ? खर्चले गाह्रो बनाएको छ। तामझाम गरेर चुनाव लड्ने होइन। साथीहरू स्वयंसेवक रूपमा लाग्नुभएको छ। महानगरको विकास, सामाजिक सुरक्षाका लागि कस्ता योजना बनाउनुभएको छ ? भरतपुर नयाँ महानगरपालिका हो। बहुआयामिक छ। सबै कुरालाई एकीकृत योजना बनाएर भू–उपयोगी नीति बनाएर काम गर्छौं। अन्नपूर्ण पोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.