भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चोरी गरेर अमेरिका पुरयाइएको टुँडाल फर्काइयो


  • असार २९, २०७९
  • 574 Views
चोरी गरेर अमेरिका पुरयाइएको टुँडाल फर्काइयो image

काठमाडाैं । नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काई पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १ सय ३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०।२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरेकी हुन् ।

काठमाडौं महानगरपालिका–१२ ह्यूमत टोलमा रहेको दुई छाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३ औं र १४ औं शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएको थियो । उक्त टुँडालहरु एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इन्स्टिच्युट अफ सिकागोमा प्रदर्शनीमा राखेका थिए । उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्य दूतावाससँग समन्वय गरी बिमा र ढुवानी खर्च समेत व्यहोरी यूएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काइएका हुन् ।

हालसम्म बेलायतबाट १९ थान, अस्ट्रेलियाबाट १ थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट १ थान मूर्ति तथा कलावस्तु नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ ।

काराेबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.