DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

टिआरसीमा दलहरूको मध्यमार्गी बाटो स् विशेष समिति गठन गर्ने


  • चैत्र २६, २०७९
  • 238 Views
टिआरसीमा दलहरूको मध्यमार्गी बाटो स् विशेष समिति गठन गर्ने image

काठमाडौं । फास्ट ट्रयाक’मा सदनबाटै टुंग्याउनेमा सत्तापक्षको जोड र विषयगत समितिमा लैजानुपर्ने प्रतिपक्षी अडानबीच प्रमुख दलका शीर्ष नेता विशेष समिति गठन गरेर अघि बढ्ने मध्यमार्गी उपाय खोज्न तयार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समितिमा लैजान दलहरू तयार भएका छन् । ‘फास्ट ट्रयाक’मा सदनबाटै टुंग्याउने सत्तापक्षको जोड र विषयगत समितिमा लैजानुपर्ने प्रतिपक्षी अडानबीच प्रमुख दलका शीर्ष नेताले विशेष समिति गठन गरेर अघि बढ्ने मध्यमार्गी उपाय निकालेका हुन् ।

प्रतिनिधिसभामा दफावार छलफलमा रहेको बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकमा दलहरू विभाजित छन् । सभामुखको समन्वयमा भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउन छुट्टै विशेष समिति गठन गर्ने समझदारी शीर्ष नेता पुगेका हुन् ।

सदनको सहज सञ्चालन र टिआरसीका विषयमा शनिबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । एमालेले सदनबाट ‘फास्ट ट्रयाक’मा टुंग्याउन नमानेकाले सत्तापक्ष सर्वोच्च अदालतबाट समेत ध्यानाकर्षण भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विशेष समितिमा लगेर छिटो निष्कर्षमा पु¥याउन तयार भएको हो ।

हालै पारित भएको प्रतिनिधिसभा नियमावली, २०७९ को दफा १८० मा विशेष एवं संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ । छलफलपछि प्रधानमन्त्री प्रचण्डले सदनभित्र रहेको टिआरसीसम्बन्धी, संवैधानिक परिषद्सम्बन्धी र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई राष्ट्रका निम्ति छिटो टुंग्याउन जरुरी रहेको विषयमा शीर्ष नेताबीच छलफल भएको र यसमा सहमति बनाउने विषयमा सैद्धान्तिक रूपमा सबै सहमत नै रहेको बताए ।

‘टिआरसीमा हामी सरकारमा हुनेहरूको फास्ट ट्रयाकबाट फुल हाउसबाटै गरौं भन्ने छ । प्रतिपक्षीको कुरो समितिमा लगेर गरौं भन्ने छ । त्यसमा बीचको बाटो खोजौं भन्ने पनि छ । विशेष समिति हुन पनि सक्छ’, प्रचण्डले भने । उनका अनुसार विज्ञ, संविधानविद् र कानुनविद्समेत सहभागी बनाएर २८ चैत्रको वैठकबाट यसलाई टुंगाउने तयारी छ ।

कांग्रेस सभापति देउवाले पनि विशेष समिति मिलनबिन्दु हुनसक्ने बताए । ‘टिआरसीमा राम्रो कुरा भयो । प्रचण्डजीले जे भन्नुभयो त्यही कुरा हो’, देउवाले भने ।

एमाले अध्यक्ष ओलीले सदनलाई कसरी प्रभावकारी बनाएर अगाडि बढाउने र अहिले आइराखेका समस्र्या कसरी समाधान गर्ने विषयमा छलफल भएको बताए । ‘टिआरसी विधेयकमा पनि छलफल भयो । फास्ट ट्रयाकबाट कति गर्न मिल्छ, कति मिल्दैन हामी छलफल गर्दैछौं । फेरि अर्को दिन बसेर टुंग्याउँछौं । कुनै न कुनै हिसाबले समितिमा त जानेभयो’, ओलीले भने ।

सभामुख देवराज घिमिरेकाअनुसार शीर्ष नेताबीच विषयगत समितिको गठन, महत्त्वपूर्ण विधेयकहरू टुंग्याउने विषय र चालु अधिवेशन अन्त्यको विषयमा छलफल भएको थियो । ‘नेताहरूबीच विभिन्न विषयमा सामूहिक कुराकानी भयो । सुरुवात भएको कुराकानी अगाडि बढाउँदै जाने भन्ने भएको छ,’ उनले भने, ‘केही विषय टुंग्याउपर्छ भन्ने छ । कसरी टुंग्याउने दलहरूले नै गर्ने हो ।’ उनका अनुसार अधिवेशन कहिले अन्त्य गर्ने विषय टुंगिएको छैन ।

५ चैत्रमा प्रतिनिधिसभामा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा २८ वटा संसोधन प्रस्ताव परेका छन् । विद्येयकमाथि दफावार छलफल गरेर समितिमा पठाउने वा पूर्ण सदनबाटै पास गर्ने भन्ने टुंगाउन बाँकी छ । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.