भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ट्रम्प र जेलेन्स्कीको वार्तालाई लिएर एमाले महासचिवले भने : क्षेत्रीय शान्ति बिना विश्व शान्ति सम्भव हुँदैन


  • फाल्गुन १७, २०८१
  • 171 Views
ट्रम्प र जेलेन्स्कीको वार्तालाई लिएर एमाले महासचिवले भने : क्षेत्रीय शान्ति बिना विश्व शान्ति सम्भव हुँदैन image

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले क्षेत्रीय शान्ति बिना विश्व शान्ति सम्भव नहुने दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार राति ह्वाइट हाउसमा भएको भेटवार्तालाई लिएर उनले छिमेकसँगको सम्बन्ध बिग्रदा शक्तिशाली देशहरूले पनि दुःख पाएको बताएका हुन्।

उनले अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै पाठ सिकाएको बताए। छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुने गरेको उनको भनाई छ। ‘अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ।’ महासचिव पोखरेलले भने,‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकसँगको सम्बन्ध बिग्रदा ठूला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।’

उनले रुस र युक्रेन दुबैका लागि युद्ध घाँडो भएको टिप्पणी गरे। उनले भने, ‘आज रुस र युक्रेन दुबैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिँदैछ । शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नु पर्दछ, क्षेत्रीय शान्ति विना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एसियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एसिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ।’

अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गरेको पोखरेलको दाबी छ। स्वार्थपरक नीतिले आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्ने उनको भनाई छ। ‘गाजा क्षेत्र प्यालेस्टानीहरुबाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ। साथै रुस र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ ।’ उनले भने, ‘यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिबाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ।’

भेटवार्ताका क्रममा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीबीच चर्को विवाद नै भएको थियो। वार्ताको क्रममा भान्सले जेलेन्स्कीमाथि संयुक्त राज्य अमेरिकाको अपमान गरेको आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई धेरै पटक हप्काएका नै थिए। ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको आरोप पनि लगाए।उक्त वार्ताका क्रममा जेलेन्स्की रिसाएर ह्वाइटहाउसबाट बाहिरिएका थिए। दुई नेताहरूबीच खनिजको सम्बन्धमा सम्झौता हुने तय भएको थियो तर वार्ता विवादकै कारण रोकियो।अन्नपूर्ण पोस्टबाट …

 


Thali Mobile Pvt.Ltd.