भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डा.केसीमाथि प्रहरीको बलजफ्ती


  • आश्विन ७, २०७७
  • 362 Views
डा.केसीमाथि प्रहरीको बलजफ्ती image

कर्णालीबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएका डा. केसीलाई विमानस्थलबाट जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइयो, तर साँझ उनी त्यहाँबाट निस्केर शिक्षण अस्पताल गए ।काठमाडौँ । गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचको माग गर्दै डा. गोविन्द केसीले १९ औं सत्याग्रह सुरु गरेको मंगलबार नवौं दिन भए पनि सरकारले चासो देखाएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला मात्रै डा. केसी आमरण अनशन बसेको यो पाँचौं पटक हो । यस पटक जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसी भने नेपालगन्ज हुँदै काठमाडौं आइपुगेका छन् । सोमबार नेपालगन्ज झरेका उनी भोलिपल्ट जहाजबाट काठमाडौं आएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लान तयार गरिएको एम्बुलेन्सलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो ।

डा. केसीले उपचार गर्नै नदिने अडान लिएपछि साँझ शिक्षण अस्पताल जान दिइयो । हाडजोर्नी विशेषज्ञ डा. केसीले शिक्षण अस्पतालबाटै गत वर्ष अवकाश पाएका हुन् । ‘नजाने भन्दाभन्दै प्रहरीले बलजफ्ती तानेर ट्रमा सेन्टरभित्र लग्यो,’ डा. केसीले भने, ‘म चोटपटक लागेको बिरामी होइन ।’ डा. केसीले यसपालि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने मागलाई पहिलो प्राथमिकता दिएर जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामस्टो मन्दिरमा भदौ २९ गते सत्याग्रह सुरु गरेका थिए । उनले १६ औं सत्याग्रहसमेत जुम्लामा गरेका थिए । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.