भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डा.केसीमाथि प्रहरीको बलजफ्ती


  • आश्विन ७, २०७७
  • 351 Views
डा.केसीमाथि प्रहरीको बलजफ्ती image

कर्णालीबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएका डा. केसीलाई विमानस्थलबाट जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइयो, तर साँझ उनी त्यहाँबाट निस्केर शिक्षण अस्पताल गए ।काठमाडौँ । गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचको माग गर्दै डा. गोविन्द केसीले १९ औं सत्याग्रह सुरु गरेको मंगलबार नवौं दिन भए पनि सरकारले चासो देखाएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला मात्रै डा. केसी आमरण अनशन बसेको यो पाँचौं पटक हो । यस पटक जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसी भने नेपालगन्ज हुँदै काठमाडौं आइपुगेका छन् । सोमबार नेपालगन्ज झरेका उनी भोलिपल्ट जहाजबाट काठमाडौं आएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लान तयार गरिएको एम्बुलेन्सलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो ।

डा. केसीले उपचार गर्नै नदिने अडान लिएपछि साँझ शिक्षण अस्पताल जान दिइयो । हाडजोर्नी विशेषज्ञ डा. केसीले शिक्षण अस्पतालबाटै गत वर्ष अवकाश पाएका हुन् । ‘नजाने भन्दाभन्दै प्रहरीले बलजफ्ती तानेर ट्रमा सेन्टरभित्र लग्यो,’ डा. केसीले भने, ‘म चोटपटक लागेको बिरामी होइन ।’ डा. केसीले यसपालि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने मागलाई पहिलो प्राथमिकता दिएर जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामस्टो मन्दिरमा भदौ २९ गते सत्याग्रह सुरु गरेका थिए । उनले १६ औं सत्याग्रहसमेत जुम्लामा गरेका थिए । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.