काठमाडौं । केही दिनअघि भक्तपुर दरबार स्क्वायरले राम्रै भीड देख्यो । म आफैं भक्तपुर दरबार स्क्वाएर क्षेत्रमै जन्मेर हुर्केको हुँदा त्यस क्षेत्रमा वा पाँचतले मन्दिर क्षेत्र टौमढीमा लाग्ने नियमित भीडका ’दयगतमा जानकारी छ । गाईजात्राका दिन दरबार इलाकामा ठूलै भीड लाग्छ । त्यस दिन जात्राको समापन नै त्यस क्षेत्रमा हुन्छ ।
त्यहाँको भूपतिन्द्र मल्लको सालिकलाई सातपटक परिक्रमा गरेर जात्रा समापन गरिन्छ । हरेक वर्ष टौमढीमा बिस्का जात्राको अवसरमा लाग्ने भीडको कुरै गर्नुपरेन । यही जात्राको अवसरमा लिंगो उभ्याइँदा वा ढाल्दा योसिंखेलमा लाग्ने भीड सबैले देखेका छन् । बडादसैंको दशमीका दिनमा भक्तपुर नगरको पूर्वतर्फ स्थित ब्रह्मायणी मन्दिरमा लाग्ने भीड उल्लेख्य हुन्छ ।
माथि उल्लिखित भीडहरू नियमित अर्थात् हरेक वर्ष निश्चित दिनमा देखिने भीड हो । गत ७ असोजमा देखिएको भीडचाहिँ नियमित होइन । त्यसदिन पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ रहेको तलेजु भवानी एवं भैरव मन्दिर दर्शन गर्न पुगेका रहेछन् र दर्शकको भीड लागेको थियो । आज म भक्तपुर नगरले देखेको भोगेको अलि पुराना यस्तै आकस्मिक वा अनियमित भीडका ’दयगतमा उल्लेख गर्दै छु ।
२०२२–२३ सालतिरको कुरो होला । म आफू ५–६ वर्षे बालक थिएँ । ठ्याक्कै हुबहु सम्झिन सकिनँ । तर, साँझको ८–९ बजेको समयतिर भक्तपुर तलेजु ढोकाअगाडिको स्क्वायरमा ठूलो भीड लागेको थियो । खटिएका सुरक्षाकर्मीलाई बन्दोबस्त मिलाउन हम्मेहम्मे परिरहेको थियो । कुनै अंग्रेजी सिनेमाको सुटिङ भइरहेको थियो । सायद सिनेमाको नाम ‘वेज टू काठमान्डु’ थियो । भीड अचम्मैको थियो । कसैले केही बुझिरहेको थिएन । एउटा मोटरसाइकल बारम्बार गुड्दै थियो, ठूलो आवाज गर्दै ।
भीडमा फगत जिज्ञासा र कौतूहलता थियो । त्यसभन्दा पनि अघि त्यसै ठाउँमा अर्को एउटा ठूलो भीड लागेको थियो । सायद चिनियाँहरूले सर्कस देखाउन ल्याएका थिए । भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले बल नै प्रयोग गरेको थियो । विदेशी पाहुनाहरू अफगानिस्तानका राजा जहिर शाह र डेनमार्ककी तत्कालीन राजकुमारी आउँदा त्यस क्षेत्रमा देखिएको भीडको पनि मलाई सम्झना छ । भक्तपुर दरबार स्क्वायरमा लागेका यी भीड केकस्ता कुराबाट प्रेरित थिए रु खुट्याउन गाह्रो छ । सायद धेरै हदसम्म कौतूहलता, अनि थोरै मनोरञ्जन र थोरै त बाध्यता पनि होला ?
२०३१–३२ देखि २०४६ सालसम्मको कालखण्डमा काठमाडौंले कैयन् ‘अभूतपूर्व’ पञ्च (यालीहरू पनि देखेकै हो । ती पञ्च (यालीहरूमा ‘हाम्रो राजा‘’ र ‘रगत दिन तयार छौं’ भन्दै जोसिँदै उफ्रँदै गरेका पञ्चहरू पनि भोगेकै हो । अब म भक्तपुरबाट निस्केर काठमाडौंले भोगेका केही ठूला भीडको कुरा गर्न चाहन्छु । जनमत संग्रहमा बहुदलीय पक्षलाई पराजित गराइएपछि प्रतिपक्षको मनोबल धेरै हदसम्म गिरेको थियो । तत्कालीन पञ्चहरू टिमिक्क मिलेका दौरा सुरुवालमा सज्जिँदै प्रतिपक्षलाई ‘मुठीभरका’ भन्दै व्यंग गर्थे ।
‘नेपाली मात्रका आशाका किरण माहाराजाधिराज सरकार’को जयजयकारले आकाश धर्ती गुञ्जायमान भइरहेको थियो । त्यत्तिकै पहिलोपटक पञ्चायती व्यवस्थाले पनि बालिग मताधिकारका आधारमा निर्वाचन गरायो । मुलुकभरीबाट १ सय १२ जना राष्ट्रिय पञ्चायतमा चुनिए । काठमाडौंबाट दुई जना चुनिए, नानीमैया दाहाल र जोगमेहर श्रेष्ठ । दाहालले ९६ हजार भोट पाइन् भने दोस्रो भएर जित्ने श्रेष्ठले ३०–३२ हजार भोट ल्याए । नानीमैया अचम्मको पात्र थिइन् । समाजको तल्लो वर्गको सेवामा समर्पित तर अनियन्त्रित महिला । उनीउस्तै परे सरकारी सचिव वा मन्त्रीलाई आपत्तिजनक अश्लील शब्दसमेत प्रयोग गर्थिन् ।
वास्तवमा काठमाडौंका जनताले एकखाले प्रयोग गरेका थिए, आक्रोश पोखेका थिए र पञ्चायती व्यवस्थालाई व्यंग्य गरेका थिए । उनी विजयी भएको दिन काठमाडौंको सडकमा अभूतपूर्व जुलुस निस्कियो । ट्रकमा चढेकी नानीमैयालाई हजारौंले पछ्याइरहेका थिए, नारा लगाइरहेका थिए । सडक र बार्दली अनि झ्याल कौसीबाट उनको स्वागत गर्ने त कति थिए थिए १ नाराचाहिँ सयौं समूहले सयथरीका लगाइरहेका थिए । कोही ‘भ्रष्ट त्रिविवि मुर्दावाद’ भन्दै थिए भने कोहीचाहिँ ‘यो जित कसको रु बहुदलवादीको’ भन्दै थिए । जुलुस ठूलो थियो, जोशिलो थियो र लयबद्ध थियो । वास्तवमा भन्ने हो भने त्यो अजंगको भीडको १–२ प्रतिशत मात्र नानीमैयाका सच्चा समर्थक थिए । बाँकी सबै आआफ्नो आक्रोश पोख्न जम्मा भएका थिए ।
२०३१–३२ देखि २०४६ सालसम्मको कालखण्डमा काठमाडौंले कैयन् ‘अभूतपूर्व’ पञ्च ¥यालीहरू पनि देखेकै हो । ती पञ्च ¥यालीहरूमा ‘हाम्रो राजा‘’ र ‘रगत दिन तयार छौं’ भन्दै जोसिँदै उफ्रँदै गरेका पञ्चहरू पनि भोगेकै हो । ती ¥यालीको शोभा बढाउन लामालामा बाँस नचाउँदै धिमे बाजासहित सामेल भएका काठमाडौंका किसान ज्यापू समुदायको तस्बिर कसरी बिर्सन सकिएला र १ २४ चैत २०४६ का दिन मरिचमानलाई बर्खास्त गरेर लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाइएपछि स्वतस्फूर्त रूपमा ललितपुरबाट सुरु भएको र काठमाडौंभरी फैलिएको जुलुस कतिलाई याद छ रु २६ चैत राति बहुदलीय व्यवस्थाको पुनस्र्थापनालगत्तै २७ चैतको दिन निस्किएको जुलुस बिर्सन सकिएला र रु २७ गते को सो विजय जुलुसमा केही समयअघि पञ्च ¥यालीमा धिमे बाजाका साथ बाँस नचाउँदै सामेल भएका समूहहरू नै हर्षोल्लासका साथ नाच्दै हिँडेको त झन कसरी बिर्सनु र ?
२०३९ साउन महिनामा बीपी कोइरालाको शवयात्रामा काठमाडौंले एउटा बेग्लैखाले भीड देख्यो । तमाम बन्देज र भयका वाबजुद असंख्य जनता बीपीलाई श्रद्धाञ्जली दिन सडकमा ओर्लिए । त्यहाँ स्वतस्फूर्त श्रद्धा र सत्ताप्रति विद्रोहको भावना थियो । ४६ सालको परिवर्तनपछि स्वरसम्राट नारायणगोपालको शवयात्राका रूपमा अर्को एउटा भीड देखियो । त्यसबेलाचाहिँ उन्मुक्त स्वतस्फूर्त सम्मान थियो । पछि पनि मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका शवयात्रामा सडकमा जम्मा भएका ठूल्ठूला भीड देखिए । राजपरिवारको सामूहिक हत्यापश्चात्को २० जेठ २०५८ को भीडको आफ्नै प्रकृति थियो भने २२ जेठमा राज्यरोहणपश्चात् दरबार फर्किंदै गर्दा ज्ञानेन्द्रले सामना गर्नुपरेको र छल्न निकै कसरत गर्नुपरेको भीडका ’दयगतमा बताइरहनु नपर्ला १ अनि २०६२–६३ सालको जनआन्दोलनको अन्त्यतिर चक्रपथ घेर्ने त्यो विशाल भीड १ सीएनएनका संवाददाताले भनेका थिए, ‘दक्षिण एसियाको राजनीतिक रिपोर्टिङको मेरो क्यारियरमा मैले यत्रो भीड देखेको थिइन १’
अब पुनः भक्तपुरतर्फ नै फर्कौं । २०४५ सालको भूकम्पपश्चात् कोर भक्तपुर सहरले एउटा अस्वाभाविक भीड देख्यो । आफैंले अत्यधिक भोट दिएर जिताएका राष्ट्रिय पञ्चायत सदस्य कर्णप्रसाद ह्योंजूलाई मध्यान्ह दिउँसै भीडले बेइज्जत गर्दै सहर घुमायो र छाता आदि इत्यादिले घोच्दै मा¥यो । त्यो भीड कोर भक्तपुरका स्थानीयवासीकै थियो । त्यसलगत्तै भक्तपुर सहरले ह्योंजूको विशाल शवयात्रा देख्यो । तत्कालीन प्रधानमन्त्रीदेखि तमाम पञ्च सम्मिलित भक्तपुर सहरका लागि आयातीत भीड १
आज तलेजु प्रांगणले र टौमढी टोलले एक अर्को भीड देखेको छ । तलेजु ढोकाअगाडिको स्क्वायर वा टौमढी पाँचतले मन्दिर प्रांगणमा खचाखच चाङ मिलाएजस्तो मानिस उभियो भने संख्या कति होलान् रु जवाफ दिनुअघि एकपटक सोच्नोस् । काठमाडौं खुलामञ्चमा खचाखच कोच्ने हो भने ३५ हजारसम्म मानिस अट्छन् १ अब के तलेजु प्रांगणमा ७–८ हजारभन्दा बढी अट्लान् रु अनि त्यहाँ खचाखच चाङ मिलाएजस्तो मानिस थियो रु भएकामध्ये भक्तपुरका साविक २१ गाविसबाट कतिकति जनाका दरले भित्याइएका थिए रु साइडसाइडमा उभिएर तमासा हेर्ने स्थानीय कति थिए रु टेलिभिजनलाई ‘बाइट’ दिएर राजभक्ति प्रकट गर्नेहरू त सबै नै ’चयगलमका ‘काँठ’कै थिए त १ एक जना कान्छा महन्तका छोरा जंगम थरलाई चाहिँ रैथाने नै मान्नुपर्छ १
भीड स्वतस्फूर्त हुनसक्छ । त्यो स्वतस्फूर्ति पनि श्रद्धा, मनोरञ्जन, आक्रोश वा कौतूहल जे कारणले पनि हुनसक्छ । अनि भीड आयोजित, नियोजित वा प्रायोजित अथवा कसैको तत्वावधान वा परिचालनमा जम्मा हुनसक्छ । यसरी नियोजित भीड हो भने त्यसको निहित उद्देश्य हुन्छ । स्वतस्फूर्त भीडलाई पनि कसैले नेतृत्वदायी हस्तक्षेप गरेर निहित उद्देश्यतर्फ परिचालित गर्नसक्छ । ज्ञानेन्द्र शाहको तलेजु दर्शनका अवसरमा जम्मा भएको भीड केकस्तो प्रकृतिको हो भन्ने खुट्याउने र त्यो भीडले निहित उद्देश्य प्राप्त गर्ला त भनेर निक्र्योल गर्ने जिम्मा पाठकलाई नै छोड्न चाहन्छु । राजधानी दैनिकबाट….
