भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्


  • फाल्गुन १८, २०७९
  • 236 Views
दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् image

गुल्मी । जिल्ला कारागार गुल्मीमा सिनियर अहेव दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यास“गै कारागारसमेत संकटमा परेको छ । घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो ।

कारागारका सूचना अधिकारी सीता भण्डारीका अनुसार सुरक्षाकर्मीको सहयोगमा कैदीलाई अस्पतालसम्म लैजाने र ल्याउने गरिन्छ । यससम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले काजमा रहेका स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने र नआए करारमा भए पनि स्वास्थ्यकर्मी नियुक्त गर्ने प्रतिक्रिया दिए । कारागारमा स्वास्थ्यकर्मी नहुने मात्र होइन, क्षमताभन्दा बढी कैदी हुँदा पनि समस्या भएको छ ।

२०२४ सालमा स्थापना हुँदा ‘ङ’ वर्गको मान्यता प्राप्त कारागारमा २० पुरुष र ५ महिलाको क्षमता छ । तर, अहिले ८० जना छन् । जसमध्ये ७३ पुरुष र ७ महिला रहेको भण्डारीले जानकारी दिइन् । कारागारमा पुरुषमध्ये ४५ कैदी र २८ थुनुवा छन् । त्यस्तै, महिलातर्फ ५ कैदी र २ थुनुवा छन् । सबैभन्दा बढी जबर्जस्ती करणी, कर्तव्य ज्यान, चोरी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बहुविवाह, सवारी ज्यानलगायत मुद्दाका कैदीबन्दी छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.