भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दाहाल–नेपालको जिकिर : ‘बहुमत हामी’


  • माघ १, २०७७
  • 555 Views
दाहाल–नेपालको जिकिर : ‘बहुमत हामी’ image

काठमाडौं : नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै ‘पार्टीको भगौडा को हो’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। ‘हामीलाई भगौडा भन्नुभएछ। ७२ प्रतिशत केन्द्रीय समिति भगौडा, ३० प्रतिशतसमेत नभएको चाहिँ रैथाने ? बैठक गरौं भनेर लाइन लागेर जाँदा बैठकबाट भाग्ने उहाँचाहिँ भगौडा नहुने,  हामीचाहिँ भगौडा हुने ? पार्टीलाई लात हानेर भाग्नेचाहिँ भगौडा नहुने हामीचाहिँ भगौडा ?’ आफू नेतृत्वको पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जहिले पनि बैठकबाट भाग्ने उहाँ।

पछिल्लो बैठक हामी जो बस्यौं त्यो केपी ओलीसमेतको सहमतिसहितको बैठक हो। त्यो बैठक छाडेर, विधान मिचेर, पार्टीलाई लात हानेर हिँड्ने भगौडा नहुने ?’ दाहालले निर्वाचन आयोगले विधिसम्मत निर्णय गर्नेमा आफू ढुक्क रहेको बताए। ‘पार्टीको नाम र सूर्य चिह्न हाम्रै हुन्छ। यदि, त्यस्तो भएन भने यहाँ आँधीहुरी आउँछ’, उनले भने, ‘निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अझै भरोसा छ। हामी ढुक्क छौं। निर्णय हाम्रै पक्षमा आउँछ।’

उनले आफूहरूले काम गर्न नदिएको प्रमाण पेस गर्न पनि प्रधानमन्त्री ओलीलाई चुनौती दिए। ‘केपी ओलीले पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनुभएको छ’, उनले भने, ‘पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो। हामीले के काम गर्न दिएनौं, एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई।’ उनले ओलीले कुर्सी छाड्नुपर्ने भए ‘भाँचिदिने बताएको’ उल्लेख गरे। ‘उहाँ त कुर्सी भाँचेर छोड्छु भन्नुहुन्थ्यो। उहाँले कुर्सी मात्र होइन संविधान र राष्ट्र नै भाँचभुच गर्ने अवस्था आयो। अब कसरी सहने ?’, उनले भने। उनले विदेशी शक्तिकेन्द्रले सुनाएका मन्त्र सुनेर ओली चल्ने गरेको आरोप लगाए। ‘हामीले असारमा स्थायी कमिटीमा छलफल गर्दा मेरा साथीहरूले हटाउन खोजेका छन् भन्नुहुन्थ्यो। हामीले त्यतिबेला हटाएनौं। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त त्यतिबेला’, उनले भने, ‘अनि अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद् भंग गर्ने भारतले भनेर गर्‍या ? सारा जनताले देखे, बुझे।’

अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीले जहिल्यै पार्टीभित्र समस्या मात्र सिर्जना गर्ने गरेको आरोप लगाए। मदन भण्डारी फाउन्डेसनका नाममा ओलीले समानान्तर पार्टीको अभ्यास गरिरहेको दाबी नेपालले गरे। ओलीले नयाँ पार्टी बनाउने अभ्यास सुरुदेखि नै जारी राखेको उनको भनाइ थियो। ‘अहिले टिकट बाँड्दै हुनुहुन्छ। केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ’, उनले भने, ‘सुन्दै छु, २५ सय केन्द्रीय सदस्य पुगे। कम्तीमा पनि त्यो पाँच हजार पुग्छ।’ उनले पार्टी एकता गर्दाको मौजुदा केन्द्रीय सदस्यहरूले ओलीलाई छाड्न थालेको दाबी गरे। ‘जम्मा केन्द्रीय सदस्य संख्या ११८ छ। त्यसमध्ये १० जना फर्किसकेका छन्। १०८ मात्र अब  छन्।  अनि ९८ पुग्न बेर छैन।’

अन्नपूर्णपाेष्टबाट…

 


Thali Mobile Pvt.Ltd.