DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दुई अर्ब बक्यौता नतिर्नेको तीनपुस्ते सार्वजनिक


  • माघ २२, २०७८
  • 559 Views
दुई अर्ब बक्यौता नतिर्नेको तीनपुस्ते सार्वजनिक image

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारी बक्यौता नतिर्ने व्यक्ति तथा कम्पनीको तीनपुस्ते विवरण सार्वजनिक गर्दै असुलउपरका लागि ताकेता गरेको छ । झन्डै दुई अर्ब सरकारी रकम तिर्न बाँकी एक सय १५ व्यक्ति तथा फर्मको तीनपुस्तेसहितको नामनामेसी विवरण महालेखाले सार्वजनिक गरेको हो । महालेखाका अनुसार बेरुजुतर्फ ६३ व्यक्ति तथा फर्मले एक अर्ब ८६ करोड २४ लाख तिर्न बाँकी छ । त्यस्तै, तेजारथतर्फ १३ व्यक्ति तथा फर्मले एक लाख ८५ हजार र घरेलुतर्फ ३९ व्यक्ति तथा फर्मले तीन लाख ५५ हजार रुपैयाँ तिर्न बाँकी छ ।

रकम बक्यौता राख्ने व्यक्ति तथा फर्मसँग कारोबार गर्दा बाँकी रकम कटाउनसमेत महालेखाले सबै सरकारी निकायलाई आग्रह गरेको छ । बक्यौता असुलउपर नगरी कारोबार गरेको पाइए कारबाही गर्ने महालेखाको चेतावनी छ । महालेखाले ०७६ फागुनमा सूचना जारी गर्दै बक्यौता तिर्न विभिन्न व्यक्ति, कम्पनी तथा संघसंस्थालाई ३५ दिने अल्टिमेटम दिएको थियो । यस्ता व्यक्ति, कम्पनी तथा संघसंस्थाको नाम र ठेगाना सार्वजनिक गर्दै उनीहरूलाई बाँकी रकम तिर्न अन्तिम म्याद तोकेको थियो ।  पटक–पटकको ताकेतामा पनि बक्यौता असुलउपर हुन नसकेपछि कार्यालयले तीनपुस्ते विवरण नै सार्वजनिक गरेको हो । यो बक्यौता सरकारका विभिन्न निकायको दस्तुर, जरिवाना, सेवा शुल्क, राजस्व, हर्जनालगायतको तिर्न बाँकी रकम हो ।

बक्यौता जायजेथाबाट असुलउपर गरिन्छ : नवराज ढुंगाना, प्रवक्ता, महालेखा नियन्त्रक कार्यालय
महालेखा नियन्त्रक कार्यालयले असुलउपर गर्न भनेको बक्यौता रकम नतिर्ने व्यक्ति तथा फर्मको तीनपुस्ते विवरण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक गरेको छ । विभिन्न समयमा पेस्की, कार्यसम्पादनका लागि दिएको रकम, धरौटी, रोयल्टीलगायत रकम असुल गर्न भनेको हो । कार्यालयले पटक–पटक पत्राचार गरेर बक्यौता भुक्तानी गर्न ताकेता गर्दै आएको छ । सरकारले असुलउपर गर्ने विधि र प्रक्रिया सुरु गरेको हो । बक्यौता नतिरे ती व्यक्ति वा फर्मको जायजेथाबाट असुलउपर गरिनेछ ।

‘कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा सरकारी बाँकी लगत कायम भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूलाई पटक–पटक सरकारी बाँकी रकम भुक्तानी गर्न पत्राचार तथा सूचना गर्दासमेत अटेर गरी बाँकी रकम नतिर्नेरनबुझाउने लगतवालाको तीनपुस्तेसहितको नामनामेसी विवरणको सरकारी बाँकी शीर्षकमा प्रकाशित गरिएको छ,’ महालेखाले जारी गरेको सूचनामा उल्लेख छ, ‘सरकारी निकायहरूले कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूलाई कुनै पनि किसिमको रकम भुक्तानी गर्दा निजले पाउने रकमबाट सरकारी बाँकी रकम कट्टा गरी यस कार्यालयमा उपलब्ध गराइदिनुहुन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११४ को उपनियम ३ बमोजिम हार्दिक अनुरोध छ ।’

यदि सूचना बेवास्ता गरी ९जानीजानी० सरकारी बाँकी रकम असुलउपर नगर्नेरनगराउने काम गरेको पाइएमा सोही नियमावलीको नियम ११४ को उपनियम ४ बमोजिम त्यस्तो कार्यमा संलग्न कर्मचारीलाई प्रचलित कानुनबमोजिम विभागीय कारबाही गर्ने चेतावनी पनि महालेखाले दिएको छ ।

बक्यौता नतिर्नेमा स्वदेशीदेखि विदेशी कम्पनीसम्म
नेपाल रिक्रिएसन सेन्टर प्रालिका सञ्चालक राकेश बाधवाको क्यासिनो रोयल्टी बक्यौता बेरुजुी रकम ८३ करोड ५७ लाख छ । त्यस्तै, दि फूलबारी प्रालिले चलाएको क्यासिनोको रोयल्टीबापतको ३८ करोड ४७ लाख बेरुजु छ । होटेल याक एन्ड यतीमा क्यासिनो चलाएका राधेश्याम सराफको नाममा रोयल्टी बक्यौता १८ करोड ५२ लाख छ ।

अमेरिकी कम्पनी टेक्साना रिसोर्सेसले १५ करोड ८५ लाख तिर्न बाँकी छ । भूबहाल करबापतको रकम बाँकी भएको महालेखाले जनाएको छ । ह्याप्पी आवर क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहले रोयल्टीबापतको बेरुजु १० करोड ८१ लाख तिर्न बाँकी छ । त्यस्तै, खुम्बु कन्स्ट्रक्सन प्रालिले चार करोड ३० लाख तिर्न बाँकी छ । बागमती क्षेत्र ढल निर्माण समितिबाट टनेल निर्माणको ठेक्का तोडेर पुनः ठेक्का सम्पन्न गर्दा सरकारलाई तिनुपर्ने दायित्व उसले तिरेको छैन ।

युएईको इमिरटेस् एसोसिएटेड बिजनेस ग्रुपले तीन करोड २० लाख भूबहाल करबापतको रकम तिर्न बाँकी छ । बिटी÷धर्मेन्द÷टौदह जेभीका सञ्चालक राधाकृष्ण कार्कीले सडक डिभिजन सुर्खेतको ठेक्का सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न गर्न नसकेकोले क्षतिपूर्तिबाट सरकारलाई बुझाउनुपर्ने रकम र पेस्कीबापतको दुई करोड १५ लाख तिर्न बाँकी छ ।

अमेरिकी कम्पनी बिबिबी च्याम्पियन्स ओयलले सरकारलाई एक करोड ७४ लाख ७२ हजार ९४६ भूबहाल कर तिर्न बाँकी रहेको महालेखाले जनाएको छ । त्यस्तै, लोकप्रिय निर्माण सेवाका सुनील कार्कीले मध्यपहाडी लोकमार्ग तुल्सीपुर–दाङ सडकखण्डको सम्झौताअनुसार काम नसरी बीचमै काम छाडेकाले एक करोड ७४ लाख राज्यलाई तिर्न बाँकी छ । जाजरकोटको गृहस्थाश्रम केन्द्रका सञ्चालक खड्गबहादुर रेग्मीले गरिबी निवारण कोषको ५१ लाख ७० हजार आठ सय ९२ रुपैयाँ हिनामिना गरेका थिए । त्यसको ब्याजसहित गरेर एक करोड तीन लाख राज्यलाई तिर्न बाँकी रहेको महालेखाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

लामा कन्स्ट्रक्सन लिमिटेडका रोशनकुमार लामाले सम्झौताअनुसार म्यादभित्र नबुझाएको किस्ता रकमको ब्याजसहित एक करोड तीन लाख बेरुजु छ । काठमाडौंका लक्ष्मी बस्नेत कार्की सञ्चालक रहेको खोमरयरुष जेभीले गोटिखेल स्वास्थ्य चौकी भवन निर्माणका लागि भएको सम्झौताबजोजिम काम सम्पन्न गर्न नसकेकाले ठेक्का तोडी अन्य प्रक्रियाबाट सम्पन्न गर्दा क्षतिपूर्तिबापत सरकारलाई ७६ लाख बुझाउन बाँकी रहेको महालेखाले औँल्याएको छ ।

काठमाडौंका धर्मलाल तामाङको निर्माण कम्पनी धर्म एस निर्माण सेवाले भालुवाङ–प्युठान सडक निर्माण गर्दा बेरुजु रहेको रकमको ब्याजसमेत गरेर ३० लाख ९७ हजार तिर्न बाँकी छ । दाप्चा निर्माण सेवाका सञ्चालक ज्ञानबहादुर लामाले पनि भालुवाङ–प्युठान सडक निर्माण गर्दाको २८ लाख बेरुजु रहेको महालेखाले जनाएको छ । त्यस्तै, अन्य व्यक्ति र कम्पनीका नाममा दुई करोड ५५ लाख बक्यौता छ । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.