भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

देशभर आकस्मिक र कोभिडबाहेकका सेवा बन्द गर्ने चेतावनी


  • आश्विन २०, २०७७
  • 590 Views
देशभर आकस्मिक र कोभिडबाहेकका सेवा बन्द गर्ने चेतावनी image

काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर आकस्मिक र कोभिडबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी चिकित्सकले दिएका छन् ।

नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको २४ घण्टा बितिसक्दा पनि वार्ता टोली गठन नगरिएपछि हडतालमा जाने चेतावनी दिएको हो । ‘डा.केसीको खस्कँदो स्वास्थ्य स्थितिका कारण ७२ घण्टाभन्दा बढी कुर्न सक्दैनौं,’ संघका अध्यक्ष डा. लोचन कार्कीले भने । ६ बुँदे माग अघि सारेर २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

उनको उमेर र फैलँदो कोभिड–१९ संक्रमणका कारण लामो समयसम्म अनशनमा बस्न दिन नसकिने निष्कर्षमा चिकित्सक पुगेका हुन् । ‘उहाँको उपचार प्रक्रियामा संलग्न चिकित्सकको निकट सम्पर्कमा छौं, स्वास्थ्य स्थिति खस्कँदो छ, हामी कुर्न सक्दैनौं, कडा पाइला चाल्न बाध्य हुनैपर्छ,’ डा. कार्कीले भने । चिकित्सकले सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर डा. केसीको जीवनरक्षा गर्न तथा आम जनताको फाइदा हुने माग सरकारबाट पूरा गराउन आग्रह गरेका छन् ।

‘पुष्पकमलजीले आफूले यसबारे कुरा गर्ने बताउनुभयो,’ उनले भने, ‘जनताका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा र सुविधा माग गरिरहेका हाम्रा अग्रज शान्तिपूर्ण सत्याग्रहमा हुनुहुन्छ । हामी उहाँलाई गुमाउन चाहँदैनौं ।’ यसैबीच, डा. केसीले अघि सारेका माग सम्बोधन गरेर जीवनरक्षा गर्न माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूले सोमबार महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा धर्ना दिएका थिए । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.