भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धान उत्पादन बढे पनि चामल आयात वृद्धि


  • फाल्गुन २, २०७७
  • 774 Views
धान उत्पादन बढे पनि चामल आयात वृद्धि image

काठमाण्डाैं । मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा २६ अर्ब ९६ करोड ७५ लाख ४३ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । यो वर्ष धानको उत्पादन ७१ हजार टनले वृद्धि भएको सरकारी तथ्यांक छ । तर, खाद्यान्नको आयात भने अघिल्लो वर्षको तुलनामा दोब्बर छ ।

सरकारी अधिकारीका अनुसार मसिनो चामल खाने नेपालीको बानीका कारण चामल आयात बढेको हो । अर्कोतर्फ मुलुकबाट धान निर्यात भएर पुनः चामलका रूपमा आयात हुँदा ठूलो परिमाणमा चामल भित्रिएको छ ।
छिमेकी मुलुक भारतबाटै ठूलो परिणाममा खाद्यान्न आयात भएको छ । विभागका अनुसार ६ महिनामा चामलमात्र १६ अर्ब ६८ करोड ९४ लाख ९४ हजार रुपैयाँको आयात भएको छ । यस्तै सोही अवधिमा १४ अर्ब १२ करोड ६४ लाख ३ हजार रुपैयाँको मकै आयात भएको छ । मकै पोल्ट्री उद्योगमा दानाका लागि बढी आयात हुने गरेको छ । मकै मुलुकमै पर्याप्त उत्पादन गर्ने सम्भावना भए पनि उत्पादन नहुँदा ठूलो परिमाणमा आयात हुने गर्छ । यस्तै, ७ अर्ब २६ करोड २९ लाख ५६ हजारको गहुँ र गहुँको बीउ आयात भएको छ । सोही अवधिमा ८ अर्ब ४९ करोड ३० लाख ४६ हजार रुपैयाँको धानको बीउ आयात भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योेगेन्द्रकुमार कार्की मसिनो चामल खाने बानीले गर्दा पनि ठूलो परिमाणमा मुलुकमा चामल आयात भएको बताउँछन् । “खानेबानीका कारणले गर्दा पनि चामल धेरै आयात भइरहेको छ,” उनले भने, “खानीबानीलाई परिवर्तन गर्नुपर्छ भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत कार्यक्रम सञ्चालन गरिरहेका छौं ।” मुलुकमा मोटो धान हुने उत्पादन हुने भएकाले मसिनो चामल खाने बानीले बढी आयात भएको उनको भनाइ छ । मुलुकमा धान भन्डारणको सुविधा र कुटान गर्न मिल नभएका कारणले गर्दा स्वदेशी धान भारत गएर चामल कुटाएर पुन नेपालमा भित्रिने गर्छ ।
मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन ७० हजार ८ सय ३१ टनले उत्पादन बढेर ५६ लाख २१ हजार ७ सय १० मेट्रिक पुगेको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष पछिल्लो पाँच वर्षको अवधिमा सबैभन्दा बढी ५६ लाख २१ हजार ७ सय १० टन उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो वर्ष जमिनको क्षेत्रफलसँगै उत्पादकत्वसमेत बढेको छ । तुलनात्मक रूपले बढी क्षेत्रफलमा धान रोपाइँ भएको र चैते धानमा पनि विस्तारै आकर्षण बढिरहेका कारण उत्पादन बढी भएको मन्त्रालयको भनाइ छ । वर्षात् अनुकूल भएकाले रासायनिक मलको अभाव हुँदा पनि धानको उत्पादन बढेको थियो । मुलुकमा आवश्यक पर्ने ६२ लाख मेट्रिक टन धान हो । यो वर्ष ५६ लाख मेट्रिक टन उत्पादन भएकाले ६ लाख मेट्रिक टनमात्र अपुग छ । मुलुकमा मोटो धान फल्ने गरेको छ । मुलुकमा कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात हुन सकेको छैन । ६ महिनामा एक खर्ब ४५ अर्बको कृषिवस्तुको आयात भएको छ ।

समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.