भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धुवाँको मुस्लोले पोखरा विमानस्थल ढाकेपछि सबै अत्तालिए…दमकल


  • चैत्र ५, २०७७
  • 717 Views
धुवाँको मुस्लोले पोखरा विमानस्थल ढाकेपछि सबै अत्तालिए…दमकल image

पोखरा । विमानस्थलबाट अचानक धुवाँको मुस्लो निस्किएपछि वरपरका मानिसहरु अत्तालिए । बुधबार दिउँसो विमानस्थलभित्र ठूलै दुर्घटना भएको अनुमान लगाए ।

रन–वे छेउमा सेतो रंगको जहाज छेउबाट धुँवाको मुस्लो देखियो । त्यसपछि केहीले बरुणयन्त्रमा त केहीले प्रहरीमा खबर गरे । लगत्तै साइरन बजाउँदै दमकल दुर्घटनास्थलतर्फ दौडन थाले । केहीको मृत्यु भएको र केही घाइते भएको भन्दै घटनास्थलमा उद्धार गरी घाइतेलाई एम्बुलेन्समा राखियो ।

अस्पतालतर्फ दौडाइयो । कतिपय मानिसको अनुमान गलत सावित गर्दै वास्तवमा यो नमुना दुर्घटना गराएर भएको उद्धार अभ्यास थियो । गण्डकी प्रदेश सरकारले जहाजको आपतकालीन उद्घारसम्बन्धी बुधबार दिउँसो ४ बजे सो नमुना अभ्यास गरेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरेको जनाएको छ । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रसका पदाधिकारी लगायत खटिएका थिए ।

सोको पूर्व तयारीमा अघिल्ला २ दिन सामान्य अभ्यास समेत भइसकेको थियो । नमुना जहाज बनाएर सोही जहाज दुर्घटना भएको अभ्यास गरिएको हो । आगो निभाउन दमकल, एम्बुलेन्स, हेलिकप्टर मार्फत उद्धार अभ्यास गरिएको थियो । घटनामा ५ जनाको शव निकालिएको थियो ।

घाइतेको उद्धारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मेट्रो सिटीतर्फ लगिएको थियो ।

याे समाचार आजकाे राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.