भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निजी स्कुलमा छोराछोरी पढाउने दैलेखका सामुदायिक विद्यालयका ३१ शिक्षक र जनप्रतिनिधिलाई जरिवाना


  • भाद्र ११, २०७७
  • 574 Views
निजी स्कुलमा छोराछोरी पढाउने दैलेखका सामुदायिक विद्यालयका ३१ शिक्षक र जनप्रतिनिधिलाई जरिवाना image

दैलेख  ।  गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाउने सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधिहरुलाई जरिवाना तिराएको छ। गाउँपालिकाले उपाध्यक्ष दीपा विसीसहित ३१ जनालाई जरिवानाको निर्णय गरेको हो । २०७६ चैत २५ गतेको कार्यपालिका बैठकले जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको थियो ।

‘पालिकाको निर्णयविपरित जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले आफ्ना छोराछोरी बोर्डिङ स्कुलमा भर्ना गरेको पाइएपछि जनही १०–१० हजार रुपैयाँ जरिवानाको निर्णय गरेका हौं,’ गाउँपालिका अध्यक्ष खेमबहादुर वलीले भने, ‘अरुको पनि छानविन गर्न समिति गठन गरेका छौं।’
कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि पालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले कक्षा १ देखि ८ सम्मका आफ्ना छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको थियो ।

जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको उजुरीपछि गाउँपालिकाले शिक्षा शाखाका थिरबहादुर सुनारको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । ‘छानविन समितिको प्रतिवेदनका आधारमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुलाई गाउँपालिकाको आन्तरिक कोषमा जरिवानावापतको १० हजार रुपैयाँ दाखिला गरेर रसिद पालिकामा बुझाउन भनिएको छ,’ अध्यक्ष वलीले भने, ‘केहीले बुझाएका छन्, केही बुझाउँदैछन् ।’ नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.