भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेकपाको विवाद हेरिरहेका अधिकारीको सरुवा


  • माघ १, २०७७
  • 543 Views
नेकपाको विवाद हेरिरहेका अधिकारीको सरुवा image

काठमाडौँ  । निर्वाचन आयोगमा नेकपाको विवादसम्बन्धी कागजात अध्ययन गरिरहेका तथा आयोगका पदाधिकारीसमक्ष आफ्नो राय प्रस्तुत गर्दै आएका कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमको हठात् सरुवा गरिएको छ । उनलाई बुधबार काज सरुवासम्बन्धी पत्र थमाइएको छ । कानुन मन्त्रालयको निर्णयबाट उनलाई कानुन आयोगमा सरुवा गरिएको हो ।

नेकपाको विवाद बढेपछि आयोगमा उनले प्रारम्भदेखि नै दुवै पक्षबाट आएका कागजातको अध्ययन गरिरहेका थिए । उनको ठाउँमा गृह मन्त्रालयमा रहेका कानुनका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ । बुधबार आयोग पुगेका दाहाल–नेपाल पक्षका नेताहरूले हठात् रूपमा कानुन महाशाखा प्रमुखको सरुवा गरिएको प्रति आयोगका पदाधिकारीसमक्ष असन्तुष्टि पोखेका थिए । उनीहरूले यसले आयोगको कामकारबाहीलाई लिएर शंका उत्पन्न गराएको उल्लेख गरेका थिए ।

आयोग स्रोतका अनुसार सहसचिव गौतम ऐन र नियमले तोकेको भन्दा बाहिर गएर काम गर्न नसक्ने अडान राख्न सक्ने क्षमताका अधिकारी मानिन्छन् ।

कान्तिपुर दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.