भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाल–थाइल्यान्ड सम्बन्धका आयाम


  • चैत्र २४, २०८१
  • 249 Views
नेपाल–थाइल्यान्ड सम्बन्धका आयाम image

नेपालबाट त्यति टाढाको देश होइन, थाइल्यान्ड । तर कूटनीतिक सम्बन्ध भएको ६६ वर्षमा पहिलोपटक प्रधानमन्त्रीस्तरीय भ्रमण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ चैतदेखि २३ गतेसम्म थाइल्यान्डको भ्रमण गरेका छन् । त्यहाँ आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०को छैटौं शिखर सम्मेलनमा भाग लिनुअघि प्रधानमन्त्रीले थाई सरकारको औपचारिक निमन्त्रणाको स्वागत र सत्कार पाए । त्यसबीचमा थाइल्यान्डसँग नेपालले सरकारी स्तरबाट २ र निजीबाट ६ गरी ८ सम्झौता गरेको छ ।

प्रधानमन्त्रीको भ्रमणका बेला नेपालले थाइल्यान्डसँग सांस्कृतिक र पर्यटन सहयोगसम्बन्धी सम्झौता गरेको छ । गैरसकारी तवरबाट आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्र ज्योति संघ र महिडोल युनिभर्सिटीअन्तर्गतको रामाथिबोदी अस्पतालबीच आपसी सहकार्यसम्बन्धी समझदारी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिलगायत समझदारी भएको छ । थाई लगानी नेपाल भितरयाउने मामलामा पनि यो भ्रमण कामयावी हुन सक्छ ।

अहिले चार अर्ब रुपैयाँको व्यापारिक कारोबार नेपाल थाइल्यान्डबीचमा छ । त्यसलाई वृद्धि गर्न सकिने सम्भावना बढेको छ ।थाइल्यान्ड विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा गनिन्छ । त्यो देशको राजधानी बैंककबाट काठमाडौंको हवाई उडान दूरी तीन घण्टाको मात्रै हो । थाइल्यान्ड आएका पर्यटक र स्वयं थाई नागरिक नेपाल भ्रमणमा ल्याउन पर्यटकीय सम्झौता उल्लेखनीय हुन सक्छ । यसै पनि थाइल्यान्ड आफैंमा विकासशील मुलुक हो, जहाँ गरिबी अति न्यून छ र डलर अर्बपतिसमेत छन् । बुद्धको जन्मस्थल थाई नागरिकका लागि आकर्षक गन्तव्य हुन्छ किनभने त्यहाँका ९० प्रतिशत नागरिक बौद्धमार्गी छन् ।

अहिलेसम्मको कमजोरी हाम्रै हो कि सहज हवाई दुरी हुँदाहुँदै र सम्भावित बौद्धमार्गी तीर्थालुलाई नेपाल डाक्न उल्लेखनीय रूपमा सकिएन ।खासै टाढा नरहेको देशसँग दुईपक्षीय भ्रमण आदानप्रदानमा समेत दशकौं कुनै प्रगति नहुनु पनि आफैंमा विडम्बना थियो । तर यो भ्रमण अब दुई देशका बीच सम्भावनाका थुप्रै दैला उघार्न पक्कै मद्दत गर्नेछ । बिमस्टेक सम्मेलनका दौरान प्रधानमन्त्री ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भएको भेट पनि ओलीका लागि मात्रै नभई राष्ट्रका लागि सकारात्मक सन्देशका रूपमा आएको छ ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.