भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा


  • मंसिर ९, २०७७
  • 707 Views
नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा image

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

देश संक्रमणमुक्त (प्रतिशतमा)
भुटान ९४।२४
भारत ९३।६७
माल्दिभ्स ९१।९९
नेपाल ९०।९०
पाकिस्तान ८७।७८
बंगलादेश ८१।०१
अफगानिस्तान ७९।९६
श्रीलंका ७१।८७

वल्र्डमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ । वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा माल्दिभ्स रहेको छ । हालसम्म कुल संक्रमितमध्ये ९१ दशमलव ९९ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित १२ हजार ६ सय ८ जनामध्ये ११ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म माल्दिभ्समा ४६ जनाको मृत्यु भएको वल्र्डमिटरमा उल्लेख छ ।

पाकिस्तानमा कुल संक्रमितमध्ये ८७ दशमलव ७८ प्रतिशत संक्रमणमुक्त भएका छन् । वल्र्डमिटरका अनुसार कुल संक्रमित ३ लाख ७६ हजार ९ सय २९ जनामध्ये ३ लाख ३० हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाकिस्तानमा ७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । यस्तै, बंगलादेशमा कुल संक्रमितमध्ये ८१ दशमलव १ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित ४ लाख ४७ हजार ३ सय ४१ जनामध्ये ३ लाख ६२ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

यस्तै, अफगानिस्तानमा कुल संक्रमितमध्ये ७९ दशमलव ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ३ लाख ३५ हजार ९ सय ७६ जना संक्रमणमुक्त भएका छन् । संक्रमित १ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।यस्तै, श्रीलंकामा कुल संक्रमितमध्ये ७१ दशमलव ८७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित २० हजार १ सय ७१ जनामध्ये १४ हजार ४ सय ९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमित ८७ जनाको मृत्यु भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरले जनाएको छ । राजधानी दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.