भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाली भूमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन सुरु


  • श्रावण ३, २०८०
  • 239 Views
नेपाली भूमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन सुरु image

हुम्ला । नेपाली भूमी लाप्चाबाट मानसरोवर कैलाशको दूर दर्शन गर्ने कार्य सुरु भएको छ । न्यालु लेकको सडकमा जमेको हिउँ र पहिरो मेसिनबाट पन्छाउने कार्य पूरा भएपछि लाप्चाबाट दर्शन कार्य सुरु भएको हो । नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले नेपाली भूमी लाप्चाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकबाट दूरदर्शन गर्ने कार्य सुरु भएको बताउनुभयो ।

यस वर्षको यसअघि न्यालु लेकमा जमेको हिउँका कारण बाहिरबाट पर्यटकहरु जान नसक्ने भएका कारण दर्शन गर्ने कार्य हुन सकेको थिएन । उहाँले न्यालुको सडक सुचारु भएसँगै आन्तरिक र बाह्य पर्यटकहरु लाप्चा पुगेर दर्शन गर्ने कार्य सुरु भएको बताउनुभयो ।

अध्यक्ष तामाङले हालसम्म आन्तरिक बाह्य गरी पाँच समूहका ४० जनाले न्यालुबाट मानसरोवर कैलाशको दूरदर्शन गरिसकेको जानकारी दिनुभयो । यसमा तीन बाह्य र दुई आन्तरिक पर्यटकको समूहले दर्शन गरेको उहाँको भनाइ छ ।

लाप्चा क्षेत्रको पाँच हजार मिटर अग्लो स्थानबाट मानसरोवर कैलाशको एक साथ दूरदर्शन गरिन्छ । अध्यक्ष तामाङले यसवर्ष भर्खर बाटो सूचारु भएका कारण पर्यटकहरु सम्पर्कमा आउने क्रम जारी रहेको र सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

गतबाट सदगुरुसहित एक हजार १७६ धार्मिक पर्यटकले दर्शन गरेका थिए । यसरी लाप्चा क्षेत्रबाट छ वर्षदेखि बाह्य पर्यटकले दर्शन गर्दै भएका हुन् । यसअघि प्रचारको अभावमा हुम्लावासीले मात्र दर्शन गर्दै आएका थिए । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.