भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘न्याय’को छायामा मुस्कान


  • आश्विन १६, २०७८
  • 431 Views
‘न्याय’को छायामा मुस्कान image

पर्सा । एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ।

पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घटना भएको १८ महिनापछि २०७७ फागुन २६ गते अदालतले दुवै अभियुक्तविरुद्ध सजाय तोकेको हो। जसअनुसार, मुस्कान माथि एसिड हान्ने वीरगन्ज महानगरपालिका —२ छपकैयाका सम्साद मियाँलाई एक वर्ष र एसिड हान्ने अह्राउने मजिद मियाँलाई चार वर्ष कैद सजाय अदालतले तोकेको हो।

पर्सा जिल्ला अदालतका १ नम्बर न्यायाधीश धर्मराज पौडेलको एकल इजलासले उक्त सजायको फैसला गरेको हो। अदालतको फैसला पीडित मुस्कानलाई नै चित्त बुझेको छैन। मुस्कान भन्छिन्, ‘हाम्रो देशको कानुन नै गजबको रहेछ, जसले एसिड हान्न अह्रायो उसलाई चार वर्ष कैद। अनि जसले आफैं एसिड हान्यो उसलाई एक वर्ष मात्र कैद, सुन्दै अचम्म लागेको छ।’ निको हुन लागिसकेको घाउ अदालतको यो फैसलाले झन् बल्झिन थालेको दुःखेसो उनी पोख्छिन्।

प्रहरी र अदालत दुवै मिसिलमा समेत सम्सादले एसिड आफैंले हानेको भनेर स्वीकार गरी लिखित बयान दिइसकेको अवस्थामा पनि उसलाई एक वर्ष मात्रै कैद सजाय हुनु विद्यमान कानुनकै त्रुटि रहेको गुनासो उनी गर्छिन्।

दुवै अपराधीलाई कमसेकम २० वर्षको कैद हुनुपर्ने आफ्नो माग रहेको उनले सुनाउँछिन्। मुस्कान भन्छिन्, ‘अदालतको फैसलाविरुद्ध म छिट्टै उच्च अदालतमा पुनरावेदन गर्दैछु, वकिलसँग सरसल्लाह भइरहेको छ। ‘मजिद र म सम्साद दुवै मिली दुई सय रुपैयाँमा तेजाबसहितको बोतल किन्यौं। तेजाब जगमा खन्याई पानी भर्‍यौं। पीडितलाई खान दिँदा नमानेपछि उनको अनुहार र शरीरमा तेजाब म आफैंले फालेको हुँ’, अदालतको फैसला मिसिलमा सम्सादको बयान यसरी लेखिएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.