भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पर्ख र हेरको नीनिमा रहेको कांग्रेस केन्द्रको बैठक बस्दै, सडकमा जान पौडेलको दबाब


  • पुष १९, २०७७
  • 589 Views
पर्ख र हेरको नीनिमा रहेको कांग्रेस केन्द्रको बैठक बस्दै, सडकमा जान पौडेलको दबाब image

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित देखिएको कांग्रेसमा रामचन्द्र पौडेल पक्षधरले सडक संघर्ष गर्ने दबाब पनि दिएको छ ।

तर, सभापति शेरवहादुर देउवा पक्ष भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै नयाँ रणनीति बनाउन पर्ख र हेरको अवस्थामा रहेको तयारीमा छ । प्रतिनिधिसभा विघटन गरेपछि पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको काँग्रेसले जनाएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । संसद व्यूतिए सरकारमा जाने विघटन भए गठबन्धन चुनावमा जाने विषयमा देउवा र ओलीबीच समझदारी भएको छ । ओलीप्रति नरम बनेको देउवा पक्ष औपचारिकताका लागि मात्र पुस १३ मा विरोध प्रदर्शन गरेको बताइएको छ । यता प्रचण्ड – नेपाल समूहले एक महिनाको एकल आन्दोलन घोषणा गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.