भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पहिलो त्रैमासिक सकिनै लाग्दासमेत २९ स्थानीय तहले बजेट पास गर्न सकेनन्


  • आश्विन २६, २०७७
  • 612 Views
पहिलो त्रैमासिक सकिनै लाग्दासमेत २९ स्थानीय तहले बजेट पास गर्न सकेनन् image

असारमै ल्याउनुपर्ने बजेट तीन महिना बित्दा पनि पास भएन, बजेट विवरण कोलेनिकामा नपठाउँदा अनुदान रोकिने जोखिम चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो त्रैमास सकिँदा पनि २९ स्थानीय तहले बजेट पास गर्न सकेका छैनन् ।

चारवटा प्रदेशका ती स्थानीय तहले हालसम्म पनि चालू आवको बजेट पास गर्न नसकेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार नगरपालिका तथा गाउँपालिकाले १० असारभित्र नगर–गाउँपालिका सभामा बजेट पेस गर्नुपर्ने हुन्छ । यसरी सभामा पेस भएको बजेट असार मसान्तसम्ममा पास भइसक्नुपर्छ ।

तर, असोज सकिन लाग्दासमेत झन्डै तीन दर्जन पालिकाले बजेट पास नगरेको संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयकी सूचना अधिकारी सुशीला अर्यालले जानकारी दिइन् । ‘मन्त्रालयमा ३९ वटा पालिकाको बजेट विवरण प्राप्त भएको छैन, यसमध्ये अधिकांशको बजेट नै पास नभएको जानकारी छ,’ उनले भनिन्, ‘राजनीतिक, कर्मचारीको सरुवालगायत विभिन्न कारणले बजेट पास नभएको हुन सक्छ ।’ नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.