भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बरण्डामा युवक मृत फेला, गोली प्रहार गरेर हत्या भएको आशंका


  • फाल्गुन १७, २०८१
  • 195 Views
बरण्डामा युवक मृत फेला, गोली प्रहार गरेर हत्या भएको आशंका image

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवा मृतअवस्थामा फेला परेका छन्। मायादेवी गाउँपालिका-२ डन्टहवाका २९ वर्षीय राकेश सिंह लोध आफ्नो घरको बरण्डामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए।

मायादेवी गाउँपालिका-२ का वडाअध्यक्ष अग्नु यादवले लोधको गोली प्रहार गरेर हत्या गरिएको देखिएको बताए। शरिर पुरै रगतले लतपतिएको छु, उनले भने, प्रहरीले यहाँ घटनास्थलमा आफ्नो प्रक्रिया अगाडि बढाइरहेका छन्।

गोली हानेर हत्या गरिएको हो वा कसरी के भएको हो खुल्न बाँकी रहेको एसपी राठौरले बताए। घरको बरण्डामा लोध मृत अवस्थामा भेटिएका छन् रुपन्देहीका एसपी राठौरले भने,गोली हानेर हत्या गरिएको हो वा कसरी हत्या भएको हो ? अहिले नै केही भन्न सकिन्न पोष्टमार्टमपछि विषय खुल्नेछ।

उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले उनको खोजी भइरहेको छ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.