भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाँसखर्कमा टेन्टले भरिभराउ, लिदी गाउँमै स्थानीय


  • आश्विन ६, २०७७
  • 298 Views
बाँसखर्कमा टेन्टले भरिभराउ, लिदी गाउँमै स्थानीय image

काठमाडौं । ३९ जनाको ज्यान जाने गरी लिदीगाउँमा पहिरोले बस्ती नै पुरेको महिना बित्यो । खोज, उद्धार र राहतसँगै पहिरोपीडित तथा विस्थापितका लागि सेलाङको बाँसखर्कमा डेढ सय परिवारलाई अस्थायी बासस्थान व्यवस्थापन गरियो । बाँसखर्कको पाखो टेन्टले भरिभराउ हुँदा बहुसंख्यक लिदीबासी गाउँमै बसिरहेका छन् ।

उनीहरूले आफ्नो थातथलो छोडेका छैनन् । १ सय ३२ घरका ७ सय ६० मध्ये बाँसखर्कको अस्थायी सेल्टरमा २ सय ५९ जना मात्र भेटिए । पहिरोले घरबास उठाएकाहरू बाँसखर्कमै छन्, परिवारका एक जनालाई बाँसखर्कमा राखेर अधिकांश स्थानीय गाउँमै बसोबास गर्दै आएका छन् । राहत सामग्री लिन बाँसखर्कमा परिवारका एक जना बस्छन्, अरू लिदीगाउँमै छन् ।

स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले लिदीगाउँका विस्थापितलाई अस्थायी बसोबासका लागि बाँसखर्कमा टेन्ट राखिदिए पनि लिदीबासीले थातथलो भने छाडेनन् । तत्काल अस्थायी बसोबासका लागि बाँसखर्कमा व्यवस्थापन त भयो तर झन्डै सय परिवारका ३ सय ३६ जना बाँसखर्क आएनन् । ‘उहाँहरूको अस्थायी बसोबासका लागि बाँसखर्कमा हामीले व्यवस्थापन गरेका हौं, केही संख्यामा लिदीबासी गाउँमै हुनुहुन्छ भन्ने मैले पनि सुनेको छु।’ जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो ।

लिदीगाउँसँगै जुगल गाउँपालिकाभित्र सयौं घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि गाउँपालिकाले आन्तरिक तयारी थालिसकेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । भूगर्भविद् ल्याएर भू–अध्ययन गरी सम्भव भएसम्म साविकको बस्तीनजिकै जोखिमका जनतालाई पुनःस्थापना गर्ने जुगलको तयारी छ । नेपाल समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.