भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बिमा अभिकर्तालाई ऋण दिन रोक


  • बैशाख ७, २०७८
  • 642 Views
बिमा अभिकर्तालाई ऋण दिन रोक image

काठमाण्डाैं । बिमा समितिले बिमा अभिकर्ताहरुलाई ऋण दिन रोक लगाएको छ । जीवन बिमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै समितिले अभिकर्ताहरुलाई हालसम्म गरिएको कर्जासमेत आगामी असार मसान्तसम्म फरफारक गर्न निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई गरेको आन्तरिक परिपत्रमा बिमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जाबाहेक अरु कसैलाई पनि कर्जा तथा सापटी नदिन निर्देशन दिइएको छ ।

बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई आकर्षित गर्नका लागि घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल खरिद शिर्षकमा करोडौं रकम कर्जा सूविधा दिँदै आएका थिए । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन अभिकर्ता आकर्षित गर्ने भन्दै कम्पनीहरुले अभिकर्तालाई धेरै सुविधा दिएकोले कर्जामा रोक लगाइएको जानकारी दिए ।

समितिले केही समयअघि कम्पनीहरुलाई पत्र पठाएर अभिकर्तालाई उपलब्ध गराएको सुविधाबारे जानकारी गराउन निर्देशन दिएको थियो । हालसम्म कम्पनीहरुले पौने ८ अर्बभन्दा बढी ऋण अभिकर्तालाई दिएको पाइएको छ ।
बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई विभिन्न सुविधा दिएर नेटवर्क व्यवसायजस्तो चलाएका नियन्त्रण गर्नुपरेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । “अभिकर्ताहरुलाई के कस्तो सुविधा दिने भन्ने विषय कानुनले नै व्याख्या गरेको छ,” उनले भने, “यहाँ अभिकर्ताको नेटवर्किङ व्यवसायमा जस्तो विभिन्न तह सिर्जना गर्ने र सेवा सुविधा दिने गरेको पाएका छौैं ।”

यसअघि समितिले बिमा कम्पनीहरुले काठमाडौंका अभिकर्ताहरुलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालबाट अनिवार्य तालिम दिनुपर्ने व्यवस्था गरेको थियो । कम्पनीहरुले दिने तालिममा गुणस्तरमाथी प्रश्न गर्दै समितिले इन्स्टिच्युटबाटै तालिम दिन निर्देशन दिएको हो ।

हाल बिमा अभिकर्ताहरुले कम्पनीले तालिम दिए पनि समितिले लाइसेन्स दिँदै आएको छ । तर कम्पनीहरुले तालिम दिएको अभिलेख मात्र बनाएर लाइसेन्सका लागि सिफारिस गर्ने गरेको आरोप लाग्दै आएको छ । हाल जीवन बिमा व्यवसायमा देशभर साढे २ लाख अभिकर्ता सक्रिय छन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.