भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बोक्सी आरोपमा बर्बरता


  • आश्विन १६, २०७७
  • 500 Views
बोक्सी आरोपमा बर्बरता image

मोरङ । सुन्दरहरैंचा नगरपालिका–३ की धनहीरा राईले बोक्सी आरोप लगाउँदै निर्घात कुटपिट गरेकी महिला चोट देखाउँदै र घटनास्थलमा भेला भएका स्थानीय बासिन्दाले कुटपिटमा प्रयोग गरिएको त्रिशूल धनहीराको पूजा कोठाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्रिशूलले हाने, आगोमा हाल्न खोजे
नौ दिनअघि नयाँ धामी उत्रिएको हल्ला फैलियो। २९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता (धामी) बस्ने कुरा चलेपछि छरछिमेकी भेला भए। स्थानीय एक ३८ वर्षीया महिला पनि सीमा जोडिएको उक्त घरमा चिन्ता बसेको हेर्न गइन्। ‘शरीरमा धामी उत्रिएको’ भन्दै धनहीरा थाल ठटाएर घरको बरण्डामा चिन्ता बसिरहेकी थिइन्। त्यही घरको कोठामा बसेर झ्यालबाट चिन्ता हेरिरहेकी ती महिलालाई उनले एक्कासि बोक्सी आरोप लगाइन्।

चिन्ता बसेको ठाउँमा जथाभावी गर्दै ‘बोक्सीको तन्त्रमन्त्र लगाएर धामीविद्यामा असर पुर्‍याएको’ भन्दै धनहीरा जाइलागिन्। ‘आफूले कुनै गल्ती नगरेको भन्दै पीडित महिलाले चिन्ताको थानमा पुगेर माफी मागिन्’, एक स्थानीयले भने, ‘तर, धनहीराले थानमा चिन्ता बस्दा प्रयोग गरेको त्रिशूल उठाएर धनहीराले प्रहार गर्न थालिन्।’ केही स्थानीयले उक्त घटनाको भिडियो खिचे। उक्त भिडियोमा पीडितलाई बोक्सी आरोप लगाउँदै एकोहोरो त्रिशूलले कुटपिट गरिरहेको देख्न सकिन्छ।

बोक्साबोक्सीजस्तो अन्धविश्वासलाई कानुनले दण्डनीय बनाए पनि समाजबाट उन्मूलन नभइसकेको यो घटनाले देखाएको छ। एक स्थानीयका अनुसार अरूले नछुट्ट्याएको भए पीडितको ज्यानै जान सक्थ्यो। घटनामा पीडितले भने प्रतिवाद गरिनन्। चिन्ता हेर्न भेला भएकामध्ये अधिकांशले घटना रोक्नुपर्नेमा उल्टै ‘गल्ती गर्नेलाई यसै गर्नुपर्छ’ भन्दै धनहीराको समर्थन गरेको पाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार धनहीराले त्रिशूलले प्रहार गर्दा, घोच्दा तथा अगुल्टोले बारम्बार हान्दा पीडितको शरीरभर चोट लागेको छ। मंगलबार साँझदेखि चिन्ता बसेकी आरोपित महिलाले पीडित महिलालाई बुधबार बिहान ४ः३० बजेतिर बोक्सी आरोप लगाउँदै चरम यातना दिएको खुलेको ढकालको भनाइ छ। ‘एक निरीह महिलामाथि बर्बर यातना दिँदै निर्घात कुटपिट गरेको भिडियोमा पनि देख्न सकिन्छ’, उनले भने, ‘घटनाबारे थप बुझ्ने र अनुसन्धान गर्ने काम भइरहेको छ।’

पीडितलाई घोप्टो पारी आँगनमा बलिरहेको आगोमा समेत हाल्न खोजिएको स्थानीयको भनाइ छ। ‘आगोमा हाल्न खोजेपछि हामीले रोक्यौं’, एक स्थानीयले भने, ‘नभए सबै शरीर जल्ने थियो।’ प्रहरीका अनुसार त्रिशूलले छेडेको, प्रहार गरेको र अगुल्टोले बारम्बार हानिएकी पीडितको शरीरभर नीलडाम र चोट छ। निधार, दुवै पाखुरा, हत्केला, पेट, दुवै खुट्टा, घुँडा, अनुहार, कुम सबैतिर चोट रहेको ढकालले सुनाए। पाखुरा र कुममा आगोले पोलेको चोट छ।

उनका अनुसार छेडेर चोट लागेका ठाउँबाट धेरै रगत पनि बगेको पाइयो। कुटपिटबाट घाइते महिला बुधबार दिनभर ओछ्यानमै थला परेकी थिइन्। कुटपिटको भिडियोसहित पीडित पक्ष बिहीबार बिहान प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएको हो। पीडित पक्षले किटानी जाहेरी दिएसँगै आरोपित धनहीरालाई प्रहरीले बिहीबारै नियन्त्रणमा लिएको छ। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.