भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतबाट आए ४० हजार पर्यटक


  • पुष २०, २०७७
  • 528 Views
भारतबाट आए ४० हजार पर्यटक image

काठमाण्डाैं । अघिल्ला वर्षमा जस्तै सन् २०२० मा पनि नेपालमा सबैभन्दा धेरै पर्यटक दक्षिणी छिमेकी भारतबाटै भित्रिएका छन् । कोरोना महामारी र लकडाउनका कारण पछिल्ला महिना पर्यटक आगमन ठप्प रह्यो भने भारतबाट जम्मा ४० हजारमात्र पर्यटक आएका छन् । अध्यागमन विभागका अनुसार नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिणी छिमेकी मुलुक भारतबाट ४० हजार ३२१, दोस्रोमा म्यानमारबाट २० हजार ९११, तेस्रोमा उत्तरी छिमेकी चीनबाट १९ हजार २ सय ५७ रहेका छन् ।

यस्तै, चौथोमा थाइल्याण्डबाट २० हजार ७ सय ७८, पाचौंमा अमेरिकाबाट १७ हजार ७६७, श्रीलंकाबाट १३ हजार ३२८, बेलायतबाट ११ हजार ७६२ पर्यटक नेपाल आएका छन् । विभागले यो संख्या हवाइमार्ग र ११ स्थलमार्गबाट नेपाल भित्रिएको पर्यटकको प्रारम्भिक संख्या भएको जनाएको छ । सन् २०२० मा कोरोना कहरका कारण बन्दाबन्दीको स्थितिले जम्मा २ लाख ३० हजार ८५ पर्यटकले मात्र नेपाल भ्रमण गरेका छन् । सरकारले नेपाल प्रवेश गर्न सबै विदेशी नागरिकलाई पर्यटकको परिभाषमा समेट्ने गरेको छ । विभागका अनुसार यसरी कोभिड–१९ को बीचमा नेपाल प्रवेश गर्ने विदेशीहरूमा कुटनीतिक नियोगका कर्मचारी, विदेशी नागरिकता लिएका नेपाली मूलका नागरिकको संख्या बढि रहेको भनेको छ । हवाई मार्ग हुँदै १ लाख ८३ हजार १सय ३० र सडकमार्गबाट ४६हजार ९ सय ५५ पर्यटक नेपाल भ्रमण गरेका थिए ।
सरकारले २० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाए पनि सन् २०१९ को अन्त्यबाट फैलिदैं गएको कोभिड–१९ ९कोरोना भाइरस०का कारण पर्यटक आगनमा बन्द भयो भने सरकरले भ्रमण वर्ष समेत स्थगन गर्नु परेको थियो । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

काराेबार दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.