भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भीआईपीलाई मस्ती, सर्वसाधारणलाई सास्ती


  • आश्विन ३, २०७७
  • 528 Views
भीआईपीलाई मस्ती, सर्वसाधारणलाई सास्ती image

काठमाडाें । ललितपुर स्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएकोछ । सरकारी निकायका उच्च व्यक्तिहरु कोरोना पुष्टि हुनासाथै अस्पतालको क्याबिनमा भर्ना भई जनताले तिरेको करबाट प्राईभेट अस्पताललाई शुल्क तिर्छन भने सर्वसाधारण नागरिकलाई कोरोना संक्रमण भएपनि लक्षण नदेखिएसम्म परिक्षण सम्म नगर्नु भन्ने सरकारको विभेदकारी निर्देशनको नगरपालिका भित्रै प्रश्न उठेको नगरपालिकाका स्रोतले जनाएको छ ।

काठमाडौ नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपचार खर्चका बिषयमा खोजी भएजस्तै महालक्ष्मी नगरपालिकाका मेयरको पनि प्राईभेट अस्पतालको क्याबिनको महगो शुल्क कुन स्रोतबाट तिर्ने भन्ने बारेमा खोजी शुरु भएको स्रोतले जनाएको छ । पछिल्लो समय किष्ट मेडिकल कलेमा सिटिजन बैंकका १३ जना कर्मचारी पनि भर्ना भै उपचार गराएका छन् । किष्ट मेडिकल कलेजमा विशेषगरि सर्वसाधारण भन्दा भिआईपीहरु भर्ना गर्ने र लकडाउनको अवधिमा अन्य बिरामी नआएको शुल्क असुल उपर गर्ने अस्पताल व्यवस्थापनको लक्ष्य रहेको स्रोतले जनाएको छ ।

किष्ट मेडिकल कलेजमा अहिले पनि महालक्ष्मी नगरपालिकाका मेयर परिवार सहित २० जना भन्दा बढी कोरोना संक्रमित आईसोलेसनमा रहेको स्रोतले जनाएको छ । यतिबेला नीजि क्षेत्रबाट संचालित संस्थागत अस्पतालहरुको बसाई भिआईपीका लागि मस्ती र सर्वसाधारणका लागि सास्ती बन्दै गएको कोरोना संक्रमणको रिपोर्ट फरक फरक दिएर आईसियु र भेन्टीलेटर हुँदै महगो शुल्कको मारमा परेका नरदेवीका अफ्ता आलम मकरानीका आफन्त बताउँछन् ।

आलमको विभिन्न ल्याबबाट फरक फरक रिपोर्ट दिएका कारण मेडिसिटि लगायत ग्राण्डी अस्पतालको उपचार खर्च मात्र १० लाख भन्दा बढी भैसकेको आलमका आफन्तले जनाएका छन् । आलम पहिला ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको र त्यहाँ पनि शुल्क मात्र महगो लिएर ल्याब परिक्षण रिपोर्ट फरक आएपछि ग्राण्डी अस्पतालमा उपचार गराईरहेका छन् । २ साता देखि नरदेबीको मेडिकल, विभिन्न ल्याब हुँदै ग्राण्डी पुगेका आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपनि आर्थिक रुपमा ठूलो धनराशी खर्च भएको परिवारका सदस्यले जनाएका छन् । नेपाल समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.