भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मकवानपुरमा बाढी-पहिरो : दुई जनाको मृत्यु


  • आश्विन २१, २०७९
  • 238 Views
मकवानपुरमा बाढी-पहिरो : दुई जनाको मृत्यु image

हेटौंडा । मकवानपुरमा पहिरोले पुरिएर र खोलाले बगाएर बिहीबार दुई जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर राक्सिराङ गाउँपालिका वडा नम्वर–६ बस्ने ४७ वर्षका तोकबहादुर चेपाङ्को पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

चेपाङको मागेनीस्थित घर पहिरोले पुरेको थियो। वर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थालमा पुग्न नसकिएको र शव निकाल्न समस्या भएको प्रहरीले जनाएको छ।

त्यस्तै कैलाश गाउँपालिका वडा नम्बर–३ स्थित कालिखोलाले बगाउँदा हिजो बुधबार एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङ रहेका छन्। कालिका बजारबाट घर फर्कने क्रममा उनलाई खोलाले बगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.