भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति


  • भाद्र २९, २०८०
  • 255 Views
मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति image

सुलीकोट। गोरखाको चुमनुब्री गाउँपालिका – १ मा रहेको सामागाउँमा रहेको मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति लिएका छन् । यो शरद ऋतुका लागि २३ समूहबाट २०८ जना पुरुष र ५८ जना महिलाले आरोहणको अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।

हिमाल आरोहणको सिजन सुरु भएसँगै मनासलु बेसक्याम्पमा चहलपहल बढेको छ । मनासलु हिमालमा डोरी टाङने समूहले गत भदौ १३ गते विभागबाट अनुमति पाएपछि शरद ऋतुमा हिमाल आरोहीहरूका लागि अनुमति लिने बाटो खुलेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनु भयो ।

विभागका अनुसार मनासलु हिमाल आरोहणका लागि सलामी दस्तुरबाट मात्रै दुई करोड ९८ लाख रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ । आरोहणको लागि कामदारहरु मनासलु बेस क्याम्प पुगिसकेको छन् । मनासलु चुचुरोमा डोरी टाङने काम सकेपछि आरोहण सुरु हुन्छ । आरोहण दलका सहयोगी र सदस्य बेसक्याम्प पुगेर टेन्ट टाँग्ने लगायत आरोहीलाई बस्ने ठाउँ बनाउन व्यस्त छन् ।

८,१६३ मिटर उचाइको मनासलु किलर माउन्टेनको रूपमा पनि परिचित छ । चुमनुब्री गाउँपालिका – १ सामागाउँमा रहेको मनासलु आरोहणको लागि गत वर्ष पनि चार सय बढीले अनुमति पाएका थिए । यस वर्ष पनि शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू बिस्तारै बढ्ने बताइएको छ । गोरखा पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.