DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महिला सशक्तीकरण, सहभागिता र समानताको मुद्दा महिलाको मात्र होइन : राष्ट्रपति


  • फाल्गुन २४, २०७८
  • 408 Views
महिला सशक्तीकरण, सहभागिता र समानताको मुद्दा महिलाको मात्र होइन : राष्ट्रपति image

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिलाको मात्र मुद्दा नभएको बताएकी छन्। मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै उनले महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेको बताइन्। राष्ट्रपति भण्डारीले नारी दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚विभेद‚उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्‍चत गर्ने यात्रामा निरन्तर लागिरहन थप उर्जा र उत्साह प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी छन्।

‘विश्‍व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ।’ सन्देशमा भनिएको छ, ‘यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्‍चितता भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ। यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने मलाई लाग्दछ।’

महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा ल्याएको उनको भनाई छ। कका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको राष्ट्रपति भण्डारीको दाबी छ। ‘नेपाली जनताको दशकौं लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा हामीले प्राप्त गरेका उपलब्धीहरू विश्‍व महिला आन्दोलनकै लागि प्रेरक मानिएको छ।’सन्देशमा भनिएको छ, ‘महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा ल्याएका छौँ। फलतस् मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ।’

पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा रहेको सन्देशमा उल्लेख छ। नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशस् अभिवृद्धि हुँदै गएको भण्डारीको विश्वास छ। परम्पराकै नाममा अन्धविश्‍वास र कुप्रथाका कारण महिलामाथि विभेद हुँदै आएकाले जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सबैले लाग्नुपर्ने उनको भनाई छ। राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘लैङ्गिक समानताका लागि वर्तमानमा हामीलाई अभिप्रेरित गर्ने एउटा स्रोत हाम्रो प्राचीन परम्परा पनि हो, जहाँ मातृशक्तिको महत्त्व व्यापक रहेको पाइन्छ।

समाजको उन्नतिका लागि अत्यावश्यक शिक्षा, शक्ति र आर्थिक स्रोतका अधिष्ठात्री मानिने सरस्वती, दुर्गा र लक्ष्मी नारीशक्ति नै भएबाट यसको पुष्टि हुन आउँछ। वैदिक कालमा गार्गी, मैत्रेयी जस्ता विदुषीहरूको सम्मान त्यत्तिकै उच्च रहेको हामी पाउँछौं। यति हुँदाहुँदै पनि परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्‍वास र कुप्रथाका कारण महिलामाथि विभेद हुँदै आएको छ‚जसलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैले प्रण गर्नुपर्दछ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.