भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मुलुककै लामो झोलुंगे पुल उद्घाटन


  • माघ ४, २०७७
  • 698 Views
मुलुककै लामो झोलुंगे पुल उद्घाटन image

बागलुङ । नेपालकै लामो झोलुंगे पुल शनिबार उद्घाटन गरिएको छ। बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने मुलुककै एकमात्र ५६७ मिटर लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।

पुल निर्माण अवधि आगामी फागुनसम्म भए पनि निर्माण कम्पनीले समयअगावै काम सम्पन्न गरेपछि उद्घाटन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले देशका अधिकतर ठूला आयोजना ठेकेदारका लाहपरबाहीका कारण अलपत्र परेको अवस्थामा यो पुल निर्माण अवधि अगावै सम्पन्न भएकोमा खुसी व्यक्त गरे।

‘मध्यपहाडी लोकमार्ग कालीगण्डकी करिडोर सुरु भएको कैयौं वर्ष भयो, त्यो अझै अलपत्र छ,’ उनले भने, ‘निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेर यो पुल हस्तान्तरण भएको छ। यो खुसीको कुरा हो।’ प्रतिबद्धता गरेको समयभन्दा अगावै पुल निर्माण पूरा गरेको भन्दै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई नगद ५० हजार रूपैयाँले सम्मानसमेत गरे। ‘हुन त ठेकेदारलाई किन पैसा दिने गरिबलाई दिएको भए हुन्थ्यो भन्ने कुरा पनि होला, तर यो सबै ठेकेदारको हौसलाका लागि हो। सबै ठेकेदारले समयमै काम पूरा गरून् भन्नका लागि हो,’ उनले भने।

यो पुल विश्वकै लामो भएकाले त्यसैअनुसार प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पहल गर्नुपर्ने उनको भनाइ छ। ‘हामीले अझै पनि विश्वकै लामो भनेर दाबी गरिएको भनेर भन्छौं, दाबी गरिएको होइन यो विश्वकै लामो पुल नै हो,’ उनले भने, ‘अहिलेसम्म देखिएको स्विट्जरल्यान्डमा ४९४ मिटरको मात्रै छ। त्यसैले यसको प्रचार गर्नुपर्छ, विश्व रेकर्डमा राख्नका लागि प्रक्रिया पु¥याउन केही समय लाग्ला तर यो विश्वकै लामो झोलुंगे पुल हो।’ तिमिल्सिनाले बाँगेचौर–अदुवाबारीको पुलको अवस्था हेरेर यसै आर्थिक वर्षभित्र बागलुङ नगरपालिका–४ ओढारचौरबाट पर्वतको जलजला गाउँपालिकाको नाग्लीबाङ जोड्नेगरी झोलुंगे पुल निर्माण गर्ने बताए। ‘यो पुल हामीले जबरजस्ती गरेर सुरुवात गरेका थियौैं,’ उनले भने, ‘मानिस हिँड्न थालेपछि यो प्राविधिक रूपमा कत्तिको बलियो ठहर्छ। त्यसका आधारमा अर्को पुलमा लगानी गर्ने कुरा छ, यसै आवभित्र त्यो पुलको पनि टेन्डर प्रकाशन गरिसक्छौं।’

यो पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको छ। यो सिंगल स्पानमा बनेको नेपालकै लामो हो। विश्वकै लामो दाबी गर्दै गिनिज बुक वल्र्ड रेकर्डमा लेखाउनका लागि बागलुङ नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरेर प्रक्रियासमेत अघि बढाएको छ। यो पुलको लाइफलाइन ५० वर्षको हुनेछ। पुल निर्माणका लागि आवश्यक लट्ठा र बुलडोजर विभागले उपलब्ध गराएको थियो। लट्ठाबाहेक १० करोड ५६ लाख रूपैयाँ लागतअनुमान गरिएकोमा निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर जेभीले ७ करोड ९७ लाख ८६ हजार रूपैयाँमा ठेक्का सम्झौता गरी पुल निर्माण गरेका हुन्।

बागलुङ बजारबाट पाङ पुग्न पैदल डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि १५ मिनेटमा छोटिएको छ। कालीगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोरमाथि पुल बनेकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ। पर्यटकको आकर्षण बढाउन पुलमा लाइट जडान गरिएको छ। रातमा झिलीमिली बल्ने बत्तीले पाहुना लोभ्याउने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विश्वास छ।

नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.