भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु


  • फाल्गुन २०, २०७७
  • 565 Views
म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु image

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार एकै दिन ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारीको मृत्यु भइसकेको पनि बीबीसीले जनाएको छ । म्यानमारको गत १ फेब्रुअरीमा सेनाले शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरपछि त्यहाँका जनता निरन्तर आन्दोलित छन् । सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।

सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।

यो समाचार आजको राजधानी देनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.